मातृभूमिको खुद नाफा ८७ लाख २९ हजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मातृभूमिको खुद नाफा ८७ लाख २९ हजार



काठमाडौं ७  साउन। मातृभूमि विकास बैंकले ८७ लाख २९ हजार रूपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७२–७३ को अपरिस्कृत वित्तीय विवरण अनुसार यो बैंकले अघिल्लो वर्षभन्दा करिब २१ लाख ७० हजार रूपैयाँ बढी नाफा कमाउन सफल भएको हो ।
अघिल्लो आवमा बैंकले ६५ लाख ५८ हजार हाराहारीमा नाफा कमाएकोमा यस पटक नाफा बढाउँदै ८७ लाख २९ हजार रूपैयाँ कटाएको हो । बिहीबार सार्वजनिक गरेको वासलत अनुसार बैंकको चुक्ता पुँजी पाँच करोड ५६ लाख ६० हजार रूपैयाँ रहेको छ । चुक्ता पुँजीको अनुपातमा यो बैंकको रिजर्भ कोष पनि तुलनात्मकरूपमा राम्रो हुँदै गएको छ ।
रिजर्भ कोषमा एक करोड ४० लाख ८७ हजार रूपैयाँ नाघिसकेको छ । जबकी अघिल्लो वर्ष यसै अवधिमा रिभर्ज कोषमा जम्मा ५३ लाख ५८ हजार हाराहारीमा मात्र पैसा रहेको थियो ।
सिन्धुलीको सिन्धुलीमाढीमा केन्द्रीय कार्यालय रहेको मातृभूमि विकास बैंकले निक्षेप संकलन र कर्जा प्रवाहलाई पनि विस्तार गरेको छ ।
४७ करोड ४५ लाख २८ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गर्दा ३१ करोड ६ लाख १४ हजार रूपैयाँ कर्जा प्रवाह गर्न बैंक सफल भएको देखिन्छ ।
निष्कृय कर्जा ०.२१ प्रतिशतमा झारेको यो बैंकको कस्ट अफ फन्ड जम्मा ४.६४ प्रतिशतमात्र छ । मूल्य आम्दानी अनुपात १७.०२  रहँदा प्रतिसेयर आम्दानी १५.६८ रूपैयाँ देखिएको बैंकको वासलतमा उल्लेख छ ।

प्रकाशित : ७ श्रावण २०७३, शुक्रबार ०६:१८