पुनर्बीमा कम्पनीले कमायो ३० करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पुनर्बीमा कम्पनीले कमायो ३० करोड



nepal-re-insurance-696x522काठमाडौं, ७ साउन  । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको नेपाल पुनर्बीमा कम्पनीले २०७२/७३ को तेस्रो त्रैमासमा खुद मुनाफा ३० करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो त्रैमासको तुलनाभन्दा ५७ दशमलव ७३ प्रतिशतले वृद्धि हो । अघिल्लो त्रैमासमा कम्पनीले १९ करोड ४१ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको थियो ।

कम्पनीले जगेडा तथा कोषमा १ अर्ब ५८ करोेड २९ लाख रुपैयाँ राखिएको छ भने विमा कोषमा १८ करोड ६ लाख रुपैयाँ राखिएको छ । कम्पनीको आम्दानीमा अघिल्लो त्रैमासमाको तुलनामा ५७ दशमलव ८४ प्रतिशतले बढेर ४८ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने खर्चमा ५८ दशमलव ०३ प्रतिशतले बढेर १७ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) ४८ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ भने अघिल्लो त्रैमासमा कम्पनीले २७ करोड ६३ लाख रुपैयाँ बीमा शुल्क आर्जन (खुद) गरेको थियो । कम्पनीले यस अबधिमा ४ करोड ११ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ भने अघिल्लो त्रैमासमा १ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी वार्षिक ८ दशमलब १७ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ३१ दशमलब ६३ रुपैयाँ रहेको छ भने प्रति शेयर कुल सम्पत्ति मूल्य ७ दशमलब ८४ रुपैयाँ रहेको छ ।

प्रकाशित : ७ श्रावण २०७३, शुक्रबार ०४:२५