विश्वभरका देशहरुमा एनआरएनएको निर्वाचन धमाधम, आगामी अक्टोबरमा केन्द्रीय नेतृत्य चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

विश्वभरका देशहरुमा एनआरएनएको निर्वाचन धमाधम, आगामी अक्टोबरमा केन्द्रीय नेतृत्य चयन



काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) चुनावी माहोल तातेको छ । एनआरए अन्तगर्तका राष्ट्रिय समन्वय परिषद्को विश्वका विभिन्न देशहरुमा धमाधम नयाँ नेतृत्व चयन भइरहेका छन् ।

आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १०औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन नजिकिंदै जाँदा विश्वभरका देशहरुमा नयाँ नेतृत्व आउनेक्रम जारी छ ।

महासचिब डा.हेम राज शर्माले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार हालसम्म ६० वटामा आगामी २०२१–२३ कार्यकालको लागि निर्वाचन सम्पन्न भइसकेको छ ।
निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्विरोध निर्वाचन भएको छ । ११ वटा राष्ट्रिय समन्वय परिषद्मा अननलाइनमार्फत र ७ वटा राष्ट्रिय समन्वय परिषद्मा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको महासचिब डा.शर्माले जनाएका छन् ।
निर्वाचन सम्पन्न भएका राष्ट्रिय समन्वय परिषद्हरुमा नयाँ कार्य समिति गठन भएका छन् भने विभिन्न ४ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्वाचन हुन बाँकी छ ।

हाल विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमा गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् छन् । तीमध्ये विभिन्न कारणबस २० वटा राष्ट्रिय समन्वय परिषदहरु लामो समयदेखि निष्क्रिय छन् ।

राष्ट्रिय समन्वय परिषद् यूएईमा केही आन्तरिक समस्याका कारण निर्वाचनको मिति तय हुन सकेको छैन । त्यसलाई छिटै समाधान गरेर निर्वाचन गराउने विषयमा गृहकार्य भइरहेको डा.शर्माले जानकारी दिए ।

यूएई बाहेक राष्ट्रिय समन्वय परिषद् डेनमार्कको निर्वाचन यही ७ अगष्टमा, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलमा केही क्षेत्रमा स्थगित भएका बाहेकका अन्य स्थानमा निर्वाचन ८ अगष्टमा र राष्ट्रिय समन्वय परिषद् स्लोभानियाको निर्वाचन १४ अगष्टमा आयोजना गर्ने कार्यतालिका तय गरिएको छ ।

आगामी २०२१–२३ को कार्यकालको लागि विश्वका विभिन्न मुलुकमा रहेको एक लाख भन्दा बढीले संघको पञ्जिकृत सदस्यता लिइसकेका छन् । १०औं अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचनमार्फत अध्यक्षका लागि कुल आचार्य, डा.बद्री केसी, सोनाम लामा लगायतले आकांक्षा राखेका छन् ।

प्रकाशित : २१ श्रावण २०७८, बिहीबार १२:०३