बार्षिक साधरणसभा समयमै गर्न बीमा कम्पनीहरुलाई बाध्यकारी ब्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बार्षिक साधरणसभा समयमै गर्न बीमा कम्पनीहरुलाई बाध्यकारी ब्यवस्था



beema_building(8)काठमाडौं, ९ साउन । बीमा कम्पनीहरुको बार्षिक साधरणसभा समयमै गर्न बीमा समितिले बाध्यकारी ब्यवस्था गरेको छ । पुस मसान्तभित्रमा साधरण सभा गरिसक्न समितिले जिवन र निर्जिवन दुबै प्रकारका कम्पनीहरुलाई निर्देशन दिएको छ ।

इन्स्योरेन्स बार्ड समितिले गत १३ असारमा कम्पनीहरुलाई यस्तो निर्देशन लिएको हो । निर्जीबन बीमा कम्पनीहरुलाई पुस मसान्त भित्रमा साधरण सभा गर्नेगरि काम गर्न कडा निर्देशन दिएको समितिले जानकारी दिएको छ ।

‘कम्पनीको वित्तीय विबरणको समयमा जानकारी पाउनु विमित र लगानीकर्ता दुबैको हक हो, त्यसैले पुस मसान्तभित्रमा साधरणसभा गरिसक्ने व्यवस्था मिलाउनु हुन जानकारि गराइन्छ’ समितिले निर्जीबन बीमा कम्पनीह्रुलाई पठाएको पत्रमा उल्लेख गरिएको छ । समितिको सो निर्देशन पालना नगरे कारबाही गर्ने चेतावनी समितिले दिएको छ ।

जीबज बीमा कम्पनीहरुलाई काम गर्नको लागि समितिले समयसीमा दिएको छ । जसअनुसार जीबन बीमा कम्पनीहरुले लेखा परिक्षण गराउने सैद्धान्तिक स्वीकृति आर्थिक वर्ष सकिएको २ महिना भित्रमा लिइसक्नुपर्नेछ । उस्तो सैद्धान्तिक सहमति बीमा समितिले दिन्छ ।

जीबन बीमा कम्पनीहरुले लेखा परीक्षणसहितको वित्तिय विवरण आर्थिक वर्ष सकिएको ४ महिनाभित्रमा स्वीकृति गराईसक्नुपर्ने नयाँ ब्यवस्था गरिएको छ । आर्थिक वर्ष सकिएको ६ महिनाभित्रमा वार्षिक साधरण सभा पनि गरिसक्न समितिले निर्देशन दिएको छ ।

यसअघि अधिकांश बीमा कम्पनीहरुले पुस मसान्तधित्र साधरण सभाक गर्ने गरेको थिएनन् । कम्पनी ऐनअनुसार पुस मसान्तसम्म साधरण सभा गरिसक्नुपर्नेछ । तर बीमा कम्पनीहरुले बीमा व्यवसायको प्रकृति फरक भएको, वित्तीय विवरण तयारकक गर्न बढी समय लाग्ने, बीमांकीय मूल्यांकन गर्नुपर्ने लगायतका कारण देखाउँदा साधरणसभा गर्न ढिलाई गर्दैआएका थिए । आजको सेयर बजार साप्ताहिकबाट ।

प्रकाशित : ९ श्रावण २०७३, आईतवार ०२:५६