ज्योति विकास बैंकको नाफा साढे १३ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ज्योति विकास बैंकको नाफा साढे १३ करोड



काठमाडौं, ९ साउन  । राष्ट्रियस्तरको विकास बैंक ज्योति विकास बैंकले असार मसान्तसम्म १३ करोड ४३ लाख आर्जन गर्न सफल भएको छ। । आज राजधानीमा आयोजित एक कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष धुर्व कोइरालाले ज्योति विकास बैंक एक स्वच्छ बैंक रहेको र यो बैंकको निस्क्रिय कर्जा १.९२ प्रतिसतमा झार्न सफल भएको बताए ।

हाल ९२ करोड चुक्ता पुजी रहेको यस बैंक झिमरुक विकास बैंकसंग मर्ज भए पश्चात् यो रकम ९८ करोड पुग्ने छ । बैंकले त्यसपछि ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने र बाकी अपुग ५०९६० करोड सानो सानो विकास बैंक र फाईनान्स प्राप्ति गर्ने उल्लेख गरेको छ । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार २०७४ असार मसान्तसम्ममा चुक्ता पूँजी २ अर्ब ५० करोड चुक्ता पुंजी पुर्याउनु पर्ने हुन्छ । ज्योति विकास बैंक आजैबाट ८ औं वर्ष पार गर्दै ९ औं वर्षमा प्रवेश गरेको हो ।

प्रकाशित : ९ श्रावण २०७३, आईतवार १२:३९