गण्डकी प्रदेशमा बचत तथा ऋण सहकारीः ४६ अर्ब ४९ करोड बचत, ५१ अर्ब २४ करोड लगानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बिशेष

गण्डकी प्रदेशमा बचत तथा ऋण सहकारीः ४६ अर्ब ४९ करोड बचत, ५१ अर्ब २४ करोड लगानी



काठमाडौ । गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरुमा बचत तथा ऋण सहकारी संस्थाहरुको कुल पँुजी रु.१३ अर्ब ४७ करोड, कुल वचत रु.४६ अर्ब ४९ करोड र कुल कर्जा लगानी रु.५१ अर्ब २४ करोड रहेको छ ।

नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशमा गरेको एक अध्यन अनुसार प्रदेशमा २ हजार २ सय ९८ बचत तथा ऋण सहकारी संस्थाहरुले ६ हजार ४७४ जनालाई रोजगारी प्रदान गरेका छन्। यो तथ्यांक २०७७ पुस मसान्तको हो ।


प्रदेशमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरु तथा गैर–सरकारी संस्थाहरुको संख्या तथा कारोबारमा विस्तार भएता पनि यस्ता संस्थाहरुको प्रभावकारी नियमन, निरीक्षण र सुपरिवेक्षण गर्ने निकाय एवम् संयन्त्रको अभावका कारण वित्तीय स्थायित्वमा पर्नसक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्ने कार्य चुनौतीपूर्ण रहेको केन्द्रीय बैंकको भनाई छ ।

प्रकाशित : २९ श्रावण २०७८, शुक्रबार १०:३५