नबिल बैंकको ३६ लाख ४२ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बिशेष

नबिल बैंकको ३६ लाख ४२ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत



काठमाडौँ । नबिल बैंकको ३६ लाख ४२ हजार ९ सय २१.२६ कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएको छ ।

नबिलले यूनाइटेड फाइनान्सलाई १ः०.३५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको उक्त परिमाणको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

धितोपत्र सूचीकरण बिनियमावली २०७५ बमोजिम नेप्समा कारोबार हुन सक्ने गरी विहीबारको निर्णय अनुसार सूचीकरण गरिएको वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जनाएका छन् ।

हाल सूचीकरण भएको ३६ लाख ४२ हजार ९ सय २१.२६ कित्ता र यसअघि सूचीकृत १३ करोढ ४८ लाख १ हजार ५ सय ९१ कित्ता गरी नबिलको कूल सूचीकृत शेयर १३ करोड ८४ लाख ४४ हजार ५ सय १२ कित्ता भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : २९ श्रावण २०७८, शुक्रबार ११:५०