सानिमा बैंकको नाफामा ६७ प्रतिशत वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा बैंकको नाफामा ६७ प्रतिशत वृद्धि



sanima-bank(2)काठमाडौं, १०  साउन  । ४ अर्ब २ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको सानिमा बैंकले चौथो त्रैमास सम्ममा ६७  दशमलव ४६ प्रतिशतले खुद मुनाफामा वृद्धि गरी १ अर्ब ४ करोड ५५ लाख रुपैयाँ कमाउन सफल भएको भने गत वर्षको सोहि अवधिमा ६२ करोड ४१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले आफनो ३ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजीमा हकप्रदको कल इन एडभान्स ९६ करोड रुपैयाँ जोडेपछि अहिलो चुक्ता पुँजी ४ अर्ब पुगेको हो ।

जगेडा कोष बढ्दै जानु भनेको नै कम्पनी अझै सबल र सक्षम हुनु हो । त्यसो त बैंकले आफ्नो जगेडा कोषलाइ पनि वृद्धि गरेको देखिन्छ । बैंकले यस त्रैमासमा लगभग ४ गुणाले नै वृद्धि गरी १ अर्ब ४१ करोड ५९ लाख रुपैयाँ जगेडाकोषमा राखेको छ ।

निक्षेपमा गत वर्षको सोहि अवधिको तुलनाभन्दा ३५ दशमलव २९ प्रतिशतले वृद्धि गरी ४६ अर्ब ४२ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ । बैंकले ४२ दशमलव ८५ प्रतिशतले वृद्धि गरी ४० अर्ब ४४ करोड १८ लाख रुपैयाँ कर्जामा प्रवाह गरेको छ । बैंकले कर्जामा वृद्धि गरे संगै आफ्नो खुद व्याज आम्दानीमा ५१ दशमलव १८ प्रतिशतले वृद्धि गरी १ अर्ब ७२ करोड २३ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी सञ्चालन मुनाफामा ५९ दशमलव ०२ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ११ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजन १४ करोड रुपैयाँ राखिएको छ भने खराब कर्जा ९९ लाख रुपैयाँ उठाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३४ दशमलव १७ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात वार्षिक २१  दशमलव ९५ गुणा रहेको छ । प्रतिशेयर आम्दानीमा भने कल इन एड्भान्सबाट थपिएको पूँजीलाई नजोडिकन देखाइएको छ ।  ३ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजीमा बैंकले जारी गर्ने ५० प्रतिशत हकप्रद वितरण पछि चुक्ता पँजी ४ अर्ब ५९ करोड पुग्ने छ । यसो हुँदा प्रतिशेयर आम्दानी पनि अहिलेभन्दा घट्ने छ । बैंकको नाफा र हालको चुक्ता पूँजीको आधारमा लाभांश क्षमता २१ प्रतिशत देखिएपनि भावी हकप्रद समेत जोडिएपछि यो क्षमता १८ प्रतिशतमा सिमित हुने छ । तर बैंकको सञ्चितीमा बाड्न योग्य रकम रहेमा भने यो दर फरक पर्न सक्छ । प्रतिशेयर नेटवर्थ १ सय ४६ दशमलव २७ रुपैयाँ रहेको छ ।

बैंकको निस्कृय कर्जा शुन्य दशमलव ०२ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १२ दशमलव ४२ प्रतिशत रहेको छ ।

प्रकाशित : १० श्रावण २०७३, सोमबार ०८:००