भुकम्प पीडितलाई बैंक खाता खोल्न नागरिकता नचाहिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भुकम्प पीडितलाई बैंक खाता खोल्न नागरिकता नचाहिने



काठमाडौं।भूकम्प प्रभावित जिल्लाका सर्वसाधारणले नागरिकता विनै बैंक खाता खोल्न पाउने भएका छन् । यसअघि बैंक तथा वित्तीय संस्थामा खाता खोल्नको लागि नागरिकता प्रमाणपत्र अनिवार्य थियो । यस्तो स्थानका नागरिकले सरकारले प्रदान गरेको भूकम्प पिडितको परिचय पत्रको आधारमा बैंक खाता खोल्न पाउने ब्यवस्था गरिएको बैंकका प्रवत्ता डा मिन बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

भूकम्प प्रभावित जिल्लाका नागरिकको नागरिकता हराएको वा क्षति पुगेको हुन सक्ने भएकोले भूकम्प प्रभावितको  परिचय पत्रको आधारमा पनि बैंक खाता खोल्न सकिने ब्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै भूकम्प प्रभावित जिल्लाका सदरमुकाम वाहेकका अन्य स्थानमा सिमिति बैंकिङ्ग कारोवार गर्न राष्ट्र बैंकको अनुमति नचाहिने भएको उस्ले उल्लेख छ । यस्तो क्षेत्रमा मोवाइल बैंकिङ्ग, ब्रान्चलेस बैंकिङ्ग र घुम्ती बैंकिङ्ग सेवा संचालनको अनुमति नचाहिने भएको हो ।
नेपाल राष्ट्र बैंकले सवै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै भूकम्प प्रभावित जिल्लाका सदरमुकाम वाहेकका स्थानमा बैंक तथा वित्तीय संस्थाको संचालक समितिले नै निर्णय गरेर यस्तो सेवा संचालन गर्न सकिने जानकारी दिएको छ ।
काठमाडौं उपत्यका, काभ्रेको बनेपा र धुलिखेल तथा अन्य जिल्लाका सदरमुकाम वाहेकका गाविस तथा नगरपालिकामा यस्तो सेवा अनुमति विना संचालन गर्न पाइने र सेवा संचालन गर्ने निर्णय गरिएको जानकारी भने दिनु पर्ने ब्यवस्था राष्ट्र बैंकले मिलाएको छ ।
सम्बन्धित बैंक वित्तीय संस्थाको संचालक समितिले मोवाइल बैंकिङ्ग, ब्रान्चलेस बैंकिङ्ग वा घुम्ती बैंकिङ्गमध्ये कुन सेवा कहाँ संचालन गर्न लागिएको हो, सोको जानकारी यस्तो निर्णय भएको एक साता भित्रमा राष्ट्र बैंकलाई दिइसक्नु पर्ने बताइएको छ ।
यस्तै बैंक वित्तीय संस्थाको संचालक समितिवाट सेवा संचालन गर्ने निर्णय भएको २ महिनाभित्रमा सम्बन्धित स्थानमा सेवा संचालन गरिसक्नु पर्ने शर्त राष्ट्र बैंकले राखेको छ ।

प्रकाशित : २६ जेष्ठ २०७२, मंगलवार ०४:४३