कुराकानी

सहकारीहरुलाई बलियो बनाउन स्थानीय निकायसँग मिलेर काम शुरु गरेका छौं



संविधानमै तीनखम्बे अर्थनीति अन्तर्गत समेटेर देशको अर्थतन्त्रको बलियो मेरुदण्डको रुपमा लिइएको सहकारी संस्थाहरुले वास्तवमै यतिबेला गर्व गर्न लायक उपलब्धीहरु हाँसिल गरिरहेका छन् । विशेष गरी ग्रामीण अर्थतन्त्रको विकास, स्वालम्भन, सुशासन, स्वरोजगारलगायतका क्षेत्रमा सहकारीहरुले महत्वपूर्ण उपलब्धीहरु हाँसिल गर्दै गएका छन् ।

बचत तथा ऋण सहकारी संस्थाहरुको संस्थागत विकास, क्षमता अभिवृद्धिलगायतको क्षेत्रमा क्रियाशील नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सहकारीहरुका निम्ती पुलको काम गरिरहेको छ । विगत २० महिना यता विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले अर्थतन्त्रलाई प्रभावित बनाएको छ । यसबीचमा पनि नेफ्स्कुनले सहकारीहरुका लागि प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । यसै सिलसिलामा नेफ्स्कूनका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलसँग गरिएको कुराकानी ः

कोरोना महामारीले नेफ्स्कून र यसका सदस्य संघ संस्थाहरुमा कस्तो प्रभाव पर्यो, त्यसको लागि तपाईहरुले के गर्नुभयो ?

कोरोना महामारीका कारण कस्तो असर देखियो भन्ने विषयमा हामीले अध्ययन त गरिएन । कोरोना महामारीको समयमा तरलताको अवस्था कस्तो छ भने सदस्यहरुसँग जानकारी लियौ । पहिलो चरणको लकडाउनको बेलामा सदस्यहरुले पैसा निकाल्ने गरेका कारण केही टाइट भएको थियो । त्यो बेलामा सदस्यहरु सहकारी खुल्ने हो की नखुल्ने हो भनेर पैसा निकाल्ने तर्फ लाग्नु भएको थियो । पछिल्लो समयमा तरलता धेरै टाइट भएन । लकडाउनको समयमा ऋण लगानी केही घट्यो । त्यो बेला व्यापार व्यवसाय न्यून भएका कारण ऋण प्रवाहमा संकुचन देखिएको हो ।

यो बेलामा पछिल्लो समयमा बचत केही बढन थाल्यो । भाका नाघेको ऋणको विषयमा सहकारी विभागले निर्देशन जारी गर्यो । यो अवधिमा लाग्ने हर्जना शुल्क छुट हुने भनियो । त्यसले भाका नाघेको ऋण बढ्यो । त्यो अवधिमा करिब १५ प्रतिशत जति भाका नाघेको ऋण देखियो । यो अवधिमा कर्मचारी व्यवस्थापनमा समस्या हुने, कर्मचारी निकाल्नुपर्ने खालको समस्या देखिएन ।

स्थिरिकणकोष कार्यान्वयनको सन्दर्भमा पनि केही चुनौती देखिएका छन् । यो ऐनमा भएको विषय भएपनि यसको विषयमा हामीले धेरै सदस्यलाई बुझाउन नसकेको हो की जस्तो लागेको छ । यसको कार्यान्वयनमा तदारुकताका साथ लाग्न पनि सकिएन ।

केही समय अघि हामीले सहकारी विभागलाई ऋण सुरक्षण कोष राख्ने, लेखापरिक्षण गर्ने, साधारणसभा गर्ने, नियमन निकायलाई प्रतिवेदन पेश गर्ने विषयमा हामीले सुझाव पठाएको छौं । निषेधाज्ञा नखुलेसम्म साधारण सभाको गणपुरक संख्या घटाउनुपर्छ की ? भर्चुअल रुपमा गर्ने हो की ? लेखापरीक्षण विद्युतीय माध्यमबाट प्रमाणिकरण गर्ने विषयमा, साधारण सभा सम्बन्धी निर्देशिका कार्यान्वयनमा विषयमा सुझावसहितको सिफारिस पठाएका छौं । यो अवधिमा हामीले सहकारीलाई विजनेश कन्टिन्यूटी योजनामा पनि काम गरेका छौ ।

जोखिममा आधारित कार्यक्रममा ४ सय ४१ वटा सस्ंथाहरु आबद्ध रहेका छन् । हामीले आधारशिला भन्ने नयाँ कार्यक्रम सुरु गरेका छाैँ । यो भनेको निम्न स्तरमा रहेका सहकारीहरुलाई बलियो बनाउनको लागि स्थानीय निकायसँग मिलेर काम गरिरहेका छौं । स्थिरिकरण कोषमा १५५ वटा संस्थाबाट ५ करोड ४० लाख भन्दा बढी रकम संकलन भएको छ ।

नेफ्स्कूनको सिईओ हुनु भएको एक वर्ष भयो, यो अवधिमा कस्ता उपलब्धिहरु हासिल गर्न सकियो ?

कोरोना महमारीका धेरै कामहरु गर्न सकिएन् । यो अवधिमा विभिन्न संघ संस्थाहरुमा भौतिक रुपमा पुग्न सकिएन । भौतिक रुपमा गएको जस्तो अन्य माध्यमबाट नहुने रहेछ ।  जसले गर्दा कतिपय सेवाहरु प्रभावकारी हुन सकेनन् । यो अवधिमा मैले देखेको ठूलो चुनौतीमा प्रविधि नै हो । हामीले प्रविधिलाई बलियो र प्रभावकारी बनाउन आवश्यक छ ।

हामी प्रविधिमा बलियो थियौ भनेर अफसाइड सुपरभिजन पनि राम्रोसँग गर्न सकिने थियो । एमआई सिस्टम राम्रोसँग अपडेट थियो भने सदस्यको सूचना पनि राम्रोसँग अध्यावधिक गर्न सकिने थियो ।

यो चुनौतीको विषय बन्यो । अर्को भनेको स्थिरिकणकोष कार्यान्वयनको सन्दर्भमा पनि केही चुनौती देखिएका छन् । यो ऐनमा भएको विषय भएपनि यसको विषयमा हामीले धेरै सदस्यलाई बुझाउन नसकेको हो की जस्तो लागेको छ । यसको कार्यान्वयनमा तदारुकताका साथ लाग्न पनि सकिएन ।

हामीले यो अवधिमा खोज र अनुसन्धानको विषयमा केही काम गर्न सकेनौं । यो विषय सहकारी क्षेत्रमा केही कम पनि रहेको छ । यसलाई बढाउन आवश्यक छ ।

अहिले ऐन अनुसार विशिष्टिकृत संघहरु आएका छन् । यो पनि केही चुनौतीको रुपमा आएको छ । साकोसहरुको पैसा असुरक्षित तरिकाले लगानी हुने हो की ? भन्ने खालको आशंका पैदा भएको छ । यसमा हामीले सर्कुलर जारी गरेका छौं । ऐनमा भएको कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधीकरणको विषय कार्यान्वयन हुन नसक्नु नै अहिलेको चुनौती हो ।

तपाईंले संचालक समिति, व्यवस्थापनबाट काम गर्न कत्तिको चुनौती महशुस गर्नुभएको छ ?

यहाँ अभियानबाट पनि आएका व्यक्तिहरु छन् । उहाँहरुको आफ्नो मिसन पनि हुन्छ । उहाँहरुको मिसन एक भएपनि संस्थाको मिसन एक खालको हुन्छ । त्यो दुवै मिसनलाई पुलको काम गर्नुपर्छ । अभियान र संस्थाको मिसनको फरकले गर्दा केही समस्या देखिने भएपनि छलफल, अन्तरक्रियाले गर्दा संस्थाको हितको लागि संस्थागत मिसनमा व्यवस्थापन, संचालकहरु आउनु पर्छ । व्यवस्थापनको तर्फबाट मलाई सबै कुरामा सहयोग छ ।

नेफ्स्कुनमा आबद्ध भएका संघ संस्थालाई प्रविधिमैत्री बनाउन बनाउने काम भइरहेको छ ?

यो बिषय हामीले पञ्च बर्षिय रणनीतिक योजनामा पनि राखेका छौं । साथै  हामीले सरकारी ऐन कानुन, मन्त्रालयबाट जारी भएको नियम कानून, सहकारी विभागको निर्देशन, कार्यविधि पालना गर्दै अघि बढने काम भएको छ । अनसाइट रिपोर्टको लागि जान नसके पनि अफ साइट रिपोर्टको लागि आईटीलाई अघि बढाउनु पर्छ । यसले आवश्यक सहयोग गर्न सकिन्छ । बचत तथा ऋण सहकारीहरु सहकारीमा राम्रो नै मानिन्छ । यसको हिस्सा ८० प्रतिशतको हाराहारीमा छ । यसको लागि छुट्टै ऐन चाहिन्छ भनेर लागिएको छ । त्यो भयो भने निमयन, सहजीरणको काम पनि सजिलो हुन्छ । यो भयो भने सुशासन कायम गर्न सकिन्छ । सहकारी क्षेत्र प्रविधिमैत्री हुनु आजको आवश्यकता हो ।

नेफ्स्कून–साकोस म्यानेजर्स क्लबले के गरिरहेको छ अहिले र भविश्यमा यसको आवश्यकता कत्तिको देख्नु भएको छ ?

नेफ्स्कूनले बर्षेनी नेपालभरका म्यानेजरहरुबाट उत्कृष्ट म्यानेजर घोषणा गर्ने गरेको छ । उक्त म्यानेजरले यो क्लबको समन्वय गर्ने गर्नु भएको छ । यसले साकोस अभियानमा कार्यरतको मानव संसाधन म्यानेजर्सहरु र यसको नवीनतम विषय, साकोसको प्रबर्धनमा काम गर्ने गरेको छ । साथै विशेषज्ञको रुपमा काम गर्ने गरेको छ । अझ भनौ थिंक ट्याङकको रुपमा, नीतिगत काममा, नयाँ नयाँ इनोभेसनको रुपमा, बजारमा आएका नयाँ आयामलाई एक्सचेञ्ज गर्ने विषयमा काम गर्ने गरेको छ ।

अभियान र संस्थाको मिसनको फरकले गर्दा केही समस्या देखिने भएपनि छलफल, अन्तरक्रियाले गर्दा संस्थाको हितको लागि संस्थागत मिसनमा व्यवस्थापन, संचालकहरु आउनु पर्छ ।

साकोसमा रहेको व्यवस्थापनको क्षमता बढाउनको लागि, कार्य सम्पादन, योगदानका विषयमा सहयोग गर्न आएको हो । यसमा विज्ञ समूह नै आबद्ध हुन्छन । उत्कृष्ट सहकारी निर्माणको लागि काम गर्ने गरिरहनु भएको छ । सन्दर्भ ब्याजदर, कर्जा सूचना केन्द्र, विशिष्टिकृत संघ, सुरक्षण कोष लगायतका अभियानमा हुने नयाँ नयाँ विषयमा छलफल गर्ने र निचोड निकालेर नेफ्स्कुन र अभियानलाई दिने काम गरेको छ ।

नेफ्स्कून र सहकारी बैंकबीच अस्वस्थ्य प्रतिस्पर्धाका कुराहरु बाहिर आउने गरेका छन् ? किन यस्तो भइरहेको छ ?

यी दुवै संस्थाको चाहाना भनेको सहकारी अभियानलाई सहजिकरण गर्ने, प्रभावकारी बनाउने नै हो । यो बीचमा अस्वस्थ्य प्रतिस्पर्धा बढेको, एउटाले ऋण नदिए अर्कोले दिने, अर्कोले नदिए अर्कोले दिने खालको रहेको देखियो । व्यवसायिक प्रतिस्पर्धा हुनु राम्रो हो । तर अस्वथ्य प्रतिस्पर्धा हुनु नराम्रो हो ।

व्यवसायिक प्रतिस्पर्धा हुँदा सेवाग्राहीले राम्रो सेवा पाउने अवसर सृजना हुन्छ । अवश्य, प्रतिस्पर्धा हुँदा भाका नाघेको ऋण बढ्ने, समयमा भुक्तानी नहुने, सदस्यतामा दोहोरोपना आउने, खराब कर्जामा हिट हुने खालका समस्या आउनसक्छन । यसको लागि नेफ्स्कुन र सहकारी बैंक स्वस्थ प्रतिस्पर्धामा जानुपर्छ ।

कतिपय कामहरु नेफ्स्कुनबाट बैंकले पनि फलो गरेको छ । नेफ्स्कुनले गरेको काम बैंकले गर्दा दोहोरोपना आउने गर्दछ । बैंकसँग बचत तथा ऋण सहकारी मात्रै छैनन् । त्यहाँ कृषि, बहुउद्देश्यीय सहकारी पनि रहेका छन् । नेफ्स्कुनले बचत तथा ऋण सहकारीमा गरेको काममा चै डुप्लिकेशन भएको हो की भनेर यसलाई व्यवस्थापन गर्न सहकार्यको लागि एउटा सहमति पनि भएको छ । समस्या भएको बेला एकिकृत रुपमा अघि बढने गरिएको छ ।

कोरोनाको समयमा तलरता कोष स्थापना गरेर सदस्यले फाइदा लिनुभयो । सहकारी अभियानलाई राम्रो बनाउन नै यो सहकार्य भएको हो ।

प्रकाशित : ३२ श्रावण २०७८, सोमबार ०५:००