ब्रोकर कमिशन घटेसँगै नेप्से चम्कियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ब्रोकर कमिशन घटेसँगै नेप्से चम्कियो



काठमाडौं, १० साउन । ब्रोकर कमिशन घटेसँगैको पहिलो कारोवारमा नेप्सेले अर्को नयाँ इतिहास रचेको छ । आज नेप्से १८ सय ३८ दशदमलव ४९ अंकमा पुगेर रोकिएको छ । त्यस्तै नयाँ कमिशनप्रति लगानीकर्ताको आकर्षण बढेको छ । आज करिव २ अर्ब २४ करोड बराबरको शेयर कारोवार भएको छ ।

नेप्से परिसूचक ३९ दशमलव ६६ अंकमा बढेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटभ परिसूचक पनि २ दशमलव १६ प्रतिशतले बढेर ३ सय ९६ दशमलव ०३ विन्दुमा पुगेर बन्द भएको छ ।

लविद्युत् समूह बाहेक अरु सबै समूह बढेका छन् । जलविद्युत् समूहका लगानीकर्ताले १२ दशमलव २ अंकको घाटा व्यहोर्न परेको छ । यो समूह अन्र्तगत वुटवल पावरका लगानीकर्ताले सबैभन्दा बढि गुमाएका छन् ।

आज सबै भन्दा बढि बीमा समूह ८३ दशमलव ९२ अंकले बढेको छ । विकास बैंक समूह ८१ दशमलव ८५ अंकले बढेको छ । यद्यपी यहि समूह अन्र्तगत पर्ने माइक्रोफाइनान्समा भने लगानीकर्ताको आकर्षण घटेको छ ।  सबैभन्दा बढि गुमाउनेमा यहि समूहका लगानीकर्ताहरु रहेका छन् । सबैभन्दा बढि गुमाउनेमा किसान माईक्रोफाइनान्सका लगानीकर्ताहरु रहेका छन् ।

होटल समूहमा पनि लगानीकर्ताको आकर्ष देखिएको छ । यो समूहमा आज ४३ दशमलव ०३ अंकले वृद्धि भएको छ । भने सबैभन्दा न्यून उत्पादन तथा प्रशोधन क्षेत्र ३ दशमलव २१ अंकले बढेको छ ।

चौथो त्रैमाशको वित्तीय विवरण सार्वजनिक हुने क्रम बढ्दै जाँदा बैंकिङ् समूहमा लगानी कर्ताको आकर्षण बढेको देखिन्छ । आज यस समूहमा ४२ दशमलव ०९ अंकले बढेको छ । कारोवारको आधारमा पनि बैंकिङ् समूह नै अगाडि रहेको देखिन्छ । सबैभन्दा बढि सिद्धार्थ बैंकको १९ करोड ३६ लाख बरावरको शेयर कारोवार भएको छ । त्यस्तै प्राइम कमर्सियल बैंकको १० करोड ६२ लाख रुपैयाँ बरावरको शेयर कारोवार भएको छ ।

फाइनान्स समूहमा पनि लगानीकर्ताको आकषर्ण देखिएको छ । यो समूहमा २० दशमलव ९९ अंकको वृद्धि भएको छ । भने अन्य समूहमा ८ दशमलव ९७ अंकको वृद्धि भएको छ ।

प्रकाशित : १० श्रावण २०७३, सोमबार १४:५२