जापानमा नौलो विज्ञापनको सुरुवातःतिघ्रा देखाउनुस् कमाउनुस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जापानमा नौलो विज्ञापनको सुरुवातःतिघ्रा देखाउनुस् कमाउनुस्



571c549f2ad5ff61aa975afe30034b141465969573एजेन्सी । जापानमा नौलो विज्ञापनको सुरुवात भएको छ । जसको कारण युवतीहरुले सजिलै पैसा समेत कमाउन थालेका छन् । जापानका विज्ञापन कम्पनीहरुले आफ्ना विज्ञापन युवतीको तिघ्रामा छाप्दै विज्ञापन गर्न थालेका छन् ।

राम्रा युवतीहरुको तिघ्रा भाडामा लिएर कम्पनीले युवतीको तिग्रामा विज्ञापनको स्वरुप अस्थाई ट्याटु बनाई दिने गरका छन् । मिनिस्कट लगाएकी युवतीको तिघ्राले विज्ञापन राख्दै हिँडेमा पैसा पाइनेछ । तर यो अफर भने युवतीहरुका लागि मात्रै हो ।

१८ बर्ष नाघेको, सामाजिक सञ्जालमा भिजेको, कम्तिमा ८ घण्टा तिघ्रा देखाएर हिँड्नुपर्ने शर्त सहित कम्पनीले सामाजिक सञ्लालमा तिघ्रामा छापेको विज्ञापन सहित फोटो राख्न मञ्जुर हुने युवतीहरुलाई पैसा दिने छ । गत बर्ष १३ सय बढी युवतीहरुले आफ्नो तिघ्रामा विज्ञापन छपाउन तयार भएकोमा यस बर्ष यो संख्या धेरै बढ्ने ठानिएको छ ।

e17307203044ac2d94f746df4cce23971465969595

प्रकाशित : १० श्रावण २०७३, सोमबार १५:३८