कैलाश विकास बैंक सम्मानीत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कैलाश विकास बैंक सम्मानीत



xkailash-bikash-bank-696x522.jpg.pagespeed.ic.lA0pbxNb0tकाठमाडौं, १०  साउन । कैलाश विकाश बैंक उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन अवार्ड २०७२  बाट सम्मानीत भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट् संस्थाले प्रादान गरेको उक्त सम्मानबाट बैंक तेस्रो पटक सम्मानीत भएको हो ।

राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोवार गरी रहेको यस बैकले स्थापनाकाल देखि नै संस्थागत सुशासन, पारदर्शिता, जवाफदेहिता, दिगो बृद्धि ,स्तरीय ग्राहक सेवाआदी जस्ता विषयहरुलाई प्रमुख प्राथमिकतामा राख्दै उत्कृष्ट वित्तीय सेवा पु¥याउदै आएको छ ।

यस संस्थाको २०७३ आाषढ मसान्तमा चुक्ता पूंजी रु १ अरव ५८ करोड पुगेको छ भने २०७३ आषाढ मसान्त सम्ममा रु.१५ अरब ६ करोड निक्षेप संकलन गरी रु. १३ अरब ५० करोड कर्जा प्रवाह गरेको छ । गत आ.व.मा यस संस्थाले करिव ४४ करोड खुदमुनाफा आर्जन गरेको छ । हाल सम्मको प्रकाशित बिवरणको आधारमा विकास बैंकहरु मध्ये यस बैंक सबैभन्दा ठूलो विकास बैंक हुन पुगेको छ ।

संस्थाले विभिन्न जिल्लामा ३८ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, मोबाईल बैंकिङ्ग सुविधा सुविधा तथा १७ वटा एटिएम  मेशिनद्वारा आफ्नो सेवाप्रदान गर्दै आएको छ ।

प्रकाशित : १० श्रावण २०७३, सोमबार १५:५६