खानीखोलाको आईपिओ कसलाई कति पर्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खानीखोलाको आईपिओ कसलाई कति पर्यो ?



IPOs1काठमाडाै । खानीखोला हाइड्रोपावर कम्पनीले निष्काशन गरेको साधारण शेयर बाँडफाट भएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटलले ९९ वटा मोडल प्रयोग गरेर खानीखोलोको आईपिओ बाँडफाट गरेको जानकारी दिएको छ । जसमा ६१ गुणा बढी आवेदन परेको थियो ।

खानीखोलाको आईपिओमा ५५ हजार रुपैयाँसम्मको आवेदन दिने लगानीकर्ताले गोला प्रथामा जम्मा १० कित्ता शेयर पाएका छन् । ५६ हजार देखि ५९ हजार रुपैयाँसम्मको शेयर भर्ने आवेदक कम भएकाले उनीहरुले पनि स्वतः १० कित्ता पाएका छन् ।

त्यस्तै ६० हजारको शेयर भर्नेले गोला प्राथाबाट १० कित्ता, ६१ देखि ६८ हजार रुपैयाँसम्मको शेयर भर्नेले पनि १० कित्ता तथा ६९ हजार रुपैयाँ देखि बढीको सेयर भर्ने लगानीकर्ताले भने प्रतिशतका आधारमा शेयर पाएको जानकारी  दिइयो ।

लगानीकर्ताले सबैभन्दा बढी १६ कित्तासम्म सेयर पाएका छन् ।
७ सय कित्ता शेयर भर्नेले ११ कित्ता
७ सय १० देखि ७ सय ६० भर्नेले १२ कित्ता
७ सय ७० देखि ८ सय २० भर्नेले १३ कित्ता
८ सय ३० देखि ८ सय ९० भर्नेले १४ कित्ता
र ९ सयदेखि ९ सय ५० कित्तासम्म भर्नेले १५ कित्ता शेयर पाएका छन् ।
९ सय ६० देखि १ हजार कित्तासम्म शेयर भर्ने लगानीकर्ताले १६ कित्ता शेयर पाएका छन् ।

गत जेठ १६ देखि १९ गतेसम्म कम्पनीले १०० रुपैयाँ अंकित दरका ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण शेयर निष्कासन गरेको थियो । सर्वसाधारणको तर्फबाट रित पुगेका १ लाख ३० हजार वटा आवेदन परेका थिए ।
शेयर नपर्ने लगानीकर्ताले आगामी पाँच कार्य दिन पछि पैसा फिर्ता पाउने सिभिल क्यापिटलले जनाएको छ ।

कम्पनी यो साधारण सेयर निष्कासन पश्चात चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीले निष्काशन गरेको ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर मध्ये यसअघिनै ४६ हजार ५ सय ७१ कित्ता सामूहिक लगानी कोष र १८ हजार ६ सय २९ कित्ता कर्मचारीका लागि छुट्याइ सकेको छ, भने आयोजना प्रभावित गाउँ भट्टेडाडा, ईकुडोल र संखु गाउँ बिकास समितिका बासिन्दाका लागि ४ लाख ६५ हजार कित्ता साधारण शेयर निष्कासन गरिसकेको छ ।

प्रकाशित : ११ श्रावण २०७३, मंगलवार १०:१३