एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को खुद सम्पतिको मुल्य १९ दशमलव २७ प्रति इकाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को खुद सम्पतिको मुल्य १९ दशमलव २७ प्रति इकाई



nmbकाठमाडौं,११ साउन । एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड–१ को खुद सम्पतिको मुल्य असार महिना १९ दशमलव २७ प्रति इकाई रहेको छ जबकी अघिल्लो महिनाको अवधि भन्दा १ दशमलव ४५ प्रति इकाईले बढी हो । गत अघिल्लो महिनामा १७ दशमलव ८२ प्रति इकाई रहेको थियो ।

एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड–१ ले ९७ करोड ३९ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा ९० करोड ५८ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा १ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ ।

एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड–१ को आम्दानीमा २६ दशमलव ४७ प्रतिशतले बढेर २१ करोड ५१ लाख रुपैयाँ पुगेको छ । भने अघिल्लो महिनामा १७ करोड ३ लाख रुपैयाँ कमाएकोे थियो । त्यस्तै खर्चमा १२ प्रतिशतले बढेर २ करोड ८२ लाख रुपैयाँ पुगको छ भने अघिल्लो महिनामा २ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा हाइड्रोपावरमा सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनीको १ लाख ५० हजार कित्ता, वाणिज्य बैंकमा सबैभन्दा बढी माछापुच्छे बैंकको २७ हजार ३ सय ९ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी कैलाश विकास बैंकको २१ हजार ७ सय १२ कित्ता, फाइनान्समा भक्तपुर फाइनान्स कम्पनीको १० हजार ७ सय ८० कित्ता र इन्स्योरेन्समा सबैभन्दा बढी सगरमाथा इन्स्योरेन्स कम्पनीको ९ हजार ३ सय ११ कित्ता  रहेका छन् ।

प्रकाशित : ११ श्रावण २०७३, मंगलवार १०:१८