‘बजेटको शैद्धान्तिक मान्यतालाई तल माथि गर्नु हुँदैन’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘बजेटको शैद्धान्तिक मान्यतालाई तल माथि गर्नु हुँदैन’



काठमाडौं, ११ साउन । वरिष्ठ अर्थविद् विश्वम्भर प्याकुरेलले निवर्तमान केपी शर्मा ओली नेतृत्वले ल्याएको बजेटको मर्म अनुसार नै नयाँ बन्ने सरकारले काम गर्नुपर्ने धारणा राखे । आज राजधानीमा मिडिया इन्टरनेशनलले आयोजना गरेको बजेट विद्येयक, अस्थिर सरकार र अर्थतन्त्र विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थविद् प्याकुरेलले नेपालमा हुने अस्थिर राजनीतिक वातावरणले देशको आर्थिक समृद्धिमा बाधा पुगेको भनिएपनि विशेषगरी शासकीय स्वरुप र प्रशासनिक संरचनाका कारण देशले गति लिन नसकेको धारणा राखे ।

“बजेटको शैद्धान्तिक मान्यतालाई तलमाथि गर्न हुँदैन्” उनले भने । वर्तमान सरकारले अघि सारेका योजनालाई प्राथमिकताका आधारमा अगाडि पछाडि पारिए पनि बजेटले लिएको लक्ष्य र योजना अनुसार नै काम गर्नु पर्ने उनले बताए ।

tilak-rawalत्यस्तै सोही कार्यक्रममा आफ्ना भनाई राख्दै पूर्व गर्भनर तथा अर्थविद् डा तिलक रावलले कुनै हल्लाखल्ला नगरि प्रस्तुत बजेट कार्यान्वयन गर्ने पर्ने बताए । विगतका वर्षमा बजेट सार्वजानिक र कार्यान्वयनमा हुने अप्ठ्यारोलाई स्मरण गर्दै उनले वर्तमान बजेटको कार्यान्वयनमा कुनै जटिलता नभएको औंल्याए । उनले सरकार ढाल्ने र बनाउने खेलमा कानुन विद् समेत लागेकोमा दुख व्यक्त गर्दै यसले देशको स्थिरता र समृद्धिमा बाधा सिर्जना गर्ने धारणा राखे ।

अर्थविद् डिल्ली राज खनालले संविधान कार्यान्वयन, पुननिमार्ण र भुकम्पपीडितको पुनस्थापना गर्न सबै राजनीतिक दलDillkiraj-khanal एकै ठाउँमा हुनुपर्ने समयमा दलहरुको कित्ता काट्ने प्रवृत्तिप्रति कटाक्ष गरे । उनले राजनीतिक दलले अहिले सिर्जना गरेको अस्थिर राजनीतिक वातावरणले मूलुकको समृद्धिमा प्रतिकूल असर परेको बताए । त्यसमा पनि देशको आवश्यकता र हित भन्दा पनि विदेशीको चाकरी गर्ने नेपाली प्रवितिले नेपाल र नेपालीको हति नहुने उनको धारणा थियो ।

प्रकाशित : ११ श्रावण २०७३, मंगलवार १४:४६