खाना पकाउने एलपी ग्यासकाे मूल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

खाना पकाउने एलपी ग्यासकाे मूल्य बढ्यो



काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो। खाना पकाउने एलपी ग्यासकाे मूल्य २५ रुपैयाँ बढाइएकाे छ।


यस्तै, हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ। यसैगरी अन्तर्राष्ट्रिय हवाइ इन्धनमा प्रति किलाेलिटर १६ अमेरिकी डलर बढेकाे निगमले जनाएकाे छ।

बढेको मूल्यपछि अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल र मट्टितेल ११३ रुपैयाँ, हवाइ इन्धन ८६ रुपैयाँ तथा खाना पकाउने ग्यास प्रतिलिसिण्डर १ हजार ४५० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य ७७० प्रति किलोलिटर पुगेको निगमले जनाएको छ।

प्रकाशित : ७ भाद्र २०७८, सोमबार २१:२५