अझै केही दिन देशैभर बर्षा हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अझै केही दिन देशैभर बर्षा हुने



काठमाडौं, १२ साउन  । देशैभरी भइरहेको बर्षा अझै केही दिन जारी रहने जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सक्रिय बनाउने न्यूनचापीय क्षेत्र नेपाल नजिक भएका कारण बुधबार र बिहीबार पनि देशैभर वर्षा हुने जलवायु तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान रहेको छ ।

नेपालमा वर्षा गराउन बंगालको खाडी र अरब सागर दुबैतिरबाट जलवाष्पयुक्त हावा नेपालतर्फ आइरहेको छ । भारी वर्षाभने बुधबारदेखि नै क्रमशः घट्दै जाने जानकारी मौसमविद् शान्ति कँडेलले दिइन् । उनका अनुसार मनसुनको न्यून चापीय रेखा उत्तरतिर सरेका कारण नेपालमा बढी पानी परेको हो ।

बंगाल र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा उत्तरी हिमालमा ठोक्किएर नेपालतर्फ फर्किदा बढी वर्षा भएको महाशाखाले जनाएको छ । दक्षिण एसियाली मनसुनलाई मूख्य रुपमा प्रभाव पार्ने एलनिनोको अवस्था कमजोर हुँदै गएको र लानिनोको अवस्था बलियो भएकाले मनसुनको अन्त्यतिर झन् बढी वर्षा हुने मौसमविद्को निष्कर्ष छ । नेपालमा वर्षभरिमा हुने कुल वर्षाको ८० प्रतिशत वर्षा मनसुनका चार महिनामा हुन्छ । आजको अन्नपूर्ण दैनिकबाट ।

प्रकाशित : १२ श्रावण २०७३, बुधबार ०३:०१