नेपाल उद्योग बाणिज्य महासंघमा चुनावी रन्को « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल उद्योग बाणिज्य महासंघमा चुनावी रन्को



नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षको चुनावी रन्कोले तताउन थालेको छ । निबर्तमान अध्यक्ष प्रदिजंग पाण्डे भ्रष्टाचारी प्रमाणित भएर जेल चलान भएपछि केही महिनादेखि महासंघको सर्वोच्च पद खाली छ । असार १८ गतेका लागि तोकिएको निर्वाचनमा हाल कार्यबाहक अध्यक्षको जिम्मेबारी चलाईरहेका पशुपति मुरारकालाई नै अध्यक्ष बनाउने कि अर्को नयाँ ब्यक्ति ल्याउने भन्ने बारेमा महासंघका प्रतिनिधिहरुबीच तातो बहस चल्न थालिसकेको छ ।

को को भिड्दै छन ?

सरकारी संयन्त्र पछि सबै जिल्लमा आफ्नो उपस्थिति देखाउन सक्ने उद्योग वाणिज्य महासंघका ७५ जिल्लामा जिल्ला उद्योग बाणिज्य संघ र केहि नगर उद्योग बाणिज्य संघ गरी ९६ वटा  उद्योग बाणिज्य संघ सदस्य रहेका  छन् । ९१ वटा बस्तुगत संघ, ६ सय ३५ एसोसिएट सदस्य र २० वटा द्विराष्ट्रिय संघ पनि यसका सदस्य छन् । महासंघको चुनावी मैदानमा कार्यबाहक अध्यक्ष पशुपति मुरारका  सम्भावित उम्मेद्वारको रुपमा मैदानमा देखिएका छन् । बिगत १४ बर्षदेखि महासंघमा आबद्ध उनी बिभिन्न समितिको सभापति हुँदै उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष भएका हुन् । उनी उत्पादन मुलक उद्योग सिमेन्ट, रड, छड, पेन्टस, जलबिद्युत् जस्ता क्षेत्रमा लगानी गरिरहेको मुरारका अर्गनाइजेशनका अध्यक्ष समेत हुन ।

यसपटक केही पूर्व अध्यक्षले समेत नेतृत्वमा जान चाहेको आशय व्यक्त गरेका बताईन्छ । त्यस्तै पर्यटन व्यवसायी भवानी राणाको नाम पनि आकांक्षीको रुपमा चर्चामा छ । होटल, ट्राभल एण्ड टुर व्यवसाय संचालनको अनुभब लिएकी उनी बिगतमा जिल्ला नगर तर्फको उपाध्यक्ष भइसकेकी छन् । बिगत १० बर्षदेखि महासंघमा आबद्ध उनी चेम्बर इतिहाँसमै पहिलो महिला अध्यक्षको उम्मेदवार बन्ने प्रयासमा रहेको बुझिएको छ । उता मिडिया उद्यमी भाष्करराज राजकर्णिकार चुनाबी प्रतिष्प्रर्धामा आउने तयारीमा रहेको बुझिन्छ ।

बेला–बेलामा व्यवसायिक बिवादमा आइरहने उनीमाथि गोरखापत्र, नेपाल टेलिभिजनलगायतका संस्थाहरुको बक्यौता नतिरेको आरोप पनि लाग्ने गरेको छ । संचार मन्त्रालयले हालै उनको उभिन्युज टेलिभिजनको नबिकरण दस्तुर समयमा नतिरेको भन्दै नबिकरणमा बिलम्ब भएको जनाएको थियो । सुरज बैद्यको कार्यकालमा बरिष्ठ उपाध्यक्ष भएका उनले यसपटक महासंघको नेतृत्वमा पुग्न हरसंभव उपाय गर्ने बताईएको छ ।

प्रकाशित : २६ जेष्ठ २०७२, मंगलवार ०६:१२