मापदण्ड बनाएर मन्त्री छान्दै कांग्रेस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मापदण्ड बनाएर मन्त्री छान्दै कांग्रेस



काठमाडौं १२ साउन । कांग्रेसले मापदण्ड बनाई संस्थागत निर्णय गरेरमात्रै सरकारमा पठाउने भएको छ । पार्टीभित्र मौलाएको भागबन्डा राजनीति अन्त्य गरी मापदण्ड बनाएर मन्त्री छनोट गर्ने तयारीमा सभापति शेरबहादुर  देउवा छन् ।

माओवादी नेतृत्वमा कांग्रेस मुख्य साझेदार भएर सरकार गठन हुने निश्चित भएपछि देउवाले मन्त्रीको मापदण्ड तयार गर्न आफू निकट नेताहरुलाई निर्देशन दिएका आजको अन्नपूर्णमा समाचार छ ।

स्रोतका अनुसार देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरु के आधारमा छनोट भए भन्ने प्रस्ट पार्ने तयारीमा छन् ।

देउवाले नयाँ संविधानअनुसार सात प्रदेशबाट एकएकजना नछुट्नेगरी र समावेशी आधारमा मन्त्री छनोट तयारी गरेका छन् । देउवा निकट एक केन्दि्रीय सदस्यले एक दुई दिनभित्र मापदण्ड तयारी हुने र त्यसलाई पार्टीभित्र छलफल गर्ने तयारी रहेको बताए ।

देउवाले पहिलो संविधानसभापति दुईपटक कांग्रेस सरकारमा सहभागी भएकाले त्यतिबेला मन्त्री बनेकाहरुलाई प्रथमिकतामा नराख्न निर्देशन दिएका छन् ।

प्रकाशित : १२ श्रावण २०७३, बुधबार ०३:१७