बोर्ड अध्यक्ष डा. कार्की भन्छन, – ब्रोकर कमिसन घट्दा पुँजी बजारमा नयाँ उत्साह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बोर्ड अध्यक्ष डा. कार्की भन्छन, – ब्रोकर कमिसन घट्दा पुँजी बजारमा नयाँ उत्साह



karkiकाठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सीडीएस कार्यान्वयन र ब्रोकर कमिसन कटौतीलगायत सुधारका कामले पुँजी बजारमा बढोत्तरी आएको बताएका छन् ।

‘बजार द्रुत गतिले अघि बढिरहेको छ । छिटो दौडिँदा दुर्घना हुन सक्छ कि भन्नेसम्मको मात्र बोर्डलाई चिन्ता हो,’ उनले भने । बजार सुधारका दर्जनौं काम भएकाले लगानीकर्ताको विश्वास बढेको उनको भनाई छ ।

गत माघदेखि सीडीएस प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यसबाट लगानीकर्तालाई सेयर किनबेच गर्न निकै सजिलो भएको छ ।

सीडीएस लागू भएपछि विश्वभरका बजारलाई अध्ययन गर्दा पनि पाँचदेखि १० गुणासम्मले बजार बढेको देखिन्छ । हामीकहाँ पनि यही भएको हो ।

केही दिनअघिमात्र ब्रोकर कमिसन ४० प्रतिशतसम्मले घटाइएको छ । कमिसन घट्दा कारोबारीको लागत कम भएको छ । यसको सकारात्मक प्रभाव बजारमा परेको उनले बताए ।
नयाँ लगानीकर्ताले बजार माथिल्लो विन्दुमा पुगेका बेला होसिएर भएर लगानी गर्नुपर्छ । लगानीकर्ता नफसून् भनेर बोर्डले बारम्बार सचेत गराएको अध्यक्ष डा. कार्कीले बताए ।

धितोपत्र बोर्डले गरेको कामकारवाहीका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले दैनिक दुई अर्बभन्दा बढीको कारोबार हुन थालेको बजारमा लगानीकर्ताको जोखिम पनि सोही आधारमा बढ्न सक्ने भएकाले नियामक बढी सचेत भएको बताए ।

धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले सीडीएस कार्यान्वयन भएपछि बजारले नयाँ उचाई लिन सकेको बताए । ‘धितोपत्र बजारमा उल्लेख्य वृद्धिसँगै प्रणालीगत जोखिम पनि बढेको छ,’ उनले भने ।

प्रकाशित : १२ श्रावण २०७३, बुधबार १५:१६