बैंकका कर्मचारीको तलबमा मात्रै १९ अर्ब ७१ करोड खर्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बैंकका कर्मचारीको तलबमा मात्रै १९ अर्ब ७१ करोड खर्च



moneyकाठमाडौं,  १३ साउन  । सेवा र सुविधाको दृष्टिकोणले बैंकिङ क्षेत्र रोजगारीको लागि जो कोहीको लागि पनि आकर्षणको केन्द्रको रुपमा रहँदै आएको छ । आकर्षक पारिश्रमिक तथा अन्य सुविधा र यस क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण पजि उच्च रहेकोले पनि बैंकिङ क्षेत्रप्रति सर्वसाधरणहरुको आकर्षण बढेको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले कर्मचारीहरुके मासिकक पारिश्रमिकमा मात्र १९ अर्ब ७२ करोड १२ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । यो खर्च २०७३ जेठ मसान्तसम्मको हो । यस अवधिमा २९ वटा वाणिज्य बैंकले कर्मचारीहरुको तलबमा मात्र १६ अर्ब ५४ करोड ४६ लाख ८० हजार रुपैयाँ खर्च गरेका छन् ।

विकास बैंक र फाइनान्स कम्पनीहरुमा भने यस्तो खर्च क्रमशः २ अर्ब ४८ करोड ७१ लाख ९० हजार रुपैयाँक तथा ६७ करोड ९३ लाख ७० हजार रुपैयाँ रहेको छ । कार्यलय सञ्चालन शीर्षकमा वाणिज्य बैंकहरुले १२ अर्ब ३० करोड ८२ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् । आजको आर्थिक दैनिकबाट ।

प्रकाशित : १३ श्रावण २०७३, बिहीबार ०३:४१