पुनर्निर्माण नभए काठमाडौंका सम्पदा सूचीबाट हट्नसक्ने युनेस्को चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुनर्निर्माण नभए काठमाडौंका सम्पदा सूचीबाट हट्नसक्ने युनेस्को चेतावनी



काठमाडौं, १३ साउन । युनेस्कोले काठमाडौं उपत्यकाभित्रका सांस्कृतिक सम्पदा विश्व सम्पदा सूचीबाट हट्नसक्ने चेतावनी दिएको छ। भूकम्पका कारण क्षति पुगेका सम्पदाको पुनर्निर्माणमा सरकारले ढिलाइ गरेको भन्दै युनेस्कोले यस्तो चेतावनी दिएको हो ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ४०औँ अधिवेशनले नेपाललाई एक वर्षको समयसीमा छँदै सुधारको अवसर दिएको छ । ‘एक वर्ष्भित्र नेपालले सम्पदा पुनर्निर्माणमा चित्तबुझ्दो कार्य प्रगति गर्न सकेन भने काठमाडौं उपत्यकाभित्रका सम्पदा विश्व सम्पदा सूचीबाट खतराको सूचीमा पर्नेछन्,’मन्त्रालयका सचिव प्रेमकुमार राईले भने,‘भर्खरै भूकम्पको त्रास बिर्सदै अगाडि बढ्दै गरेको नेपाललाई सहानुभूतिस्वरूप एक वर्षको अवसर दिइएको हो ।’

यसअघि भूकम्पपछि भत्किएका सम्पदाको पुनर्निर्माण सुस्त रहेको, नेपालले कतिपय सम्पदा हुबहु पुनर्निर्माण गर्न नसक्ने, स्रोतको जोहो हुन नसकेकोलगायत कारण देखाउँदै काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव महाधिवेशनमा प्रस्तुत भएको थियो । आजको नयाँ पत्रिका दैनिकबाट ।

प्रकाशित : १३ श्रावण २०७३, बिहीबार ०३:५१