रिलायबल लाइफ इन्स्योरेन्स पाँचौँ वर्षमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

रिलायबल लाइफ इन्स्योरेन्स पाँचौँ वर्षमा



काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी पाँचौँ वर्षमा प्रवेश गरेको छ । २०७४ साल भदौ १५ गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको यस कम्पनी आजदेखि ४ वर्ष पुरागरि ५ औँ वर्षमा प्रवेश गरेको हो ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा प्रत्यक्ष अप्रत्यक्ष कम्पनीलाई सहयोग गर्ने व्यक्ति तथा संस्था, बीमित, अभिकर्ता, नियामक निकाय बीमा समिति, शेयरधनी, अभिकर्ता, कर्मचारी लगायतलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । एक दशक गर्भावस्थामै रहेर लाइसेन्स प्राप्त गरेको यस कम्पनीले गत असार मसान्तसम्ममा ३६ लाख ९ हजार ६७८ वटा पोलिसी बिक्री गर्न सफल भइसकेको छ । जारी भएको पोलिसी संख्याको आधारमा कम्पनीको बजार हिस्सा सर्वाधिक धेरै ३४ दशमलब २६ प्रतिशत रहेको छ ।

प्रकाशित : १५ भाद्र २०७८, मंगलवार १३:३३