मनिप्लान्ट साकोसले १५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मनिप्लान्ट साकोसले १५ प्रतिशत लाभांश दिने



काठमाडौं । काठमाडौंको मीनभवनमा रहेको मनिप्लान्ट सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुदर्शन प्रसाद पराजुलीले आ.व. २०७७।०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले आ.व. २०७७।७८ को असार मसान्तसम्म १० करोड ८ लाख शेयरपुँजी, जगेडा कोषमा ४ करोड २६ लाख, अन्य कोषमा २ करोड ८५ लाख र जोखिम व्यवस्थापन कोषमा ३ करोड ९७ लाख पु¥याएको छ ।

त्यसैगरी ७६ करोड ५६ लाख बचत संकलन गरी १ अर्ब १० करोड ८४ लाख ऋण लगानी गरेको छ । संस्थाको कुल वासलात १ अर्ब २५ करोड ८ लाख पुगेको छ । संस्थाले शेयर लाभांश कोषबाट सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाले एकसातासम्म सदस्य उपस्थिति पुस्तिका खुल्ला गरी सदस्यहरुबाट प्राप्त रायसुझावलाई समेटेर विद्युतीय माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो ।

सभामा कार्यक्रमको प्रमुख अतिथि महासंघका अध्यक्ष मीनराज कँडेल र विशिष्ट अतिथि नेफ्स्कुनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे रहेका थिए ।

प्रकाशित : १५ भाद्र २०७८, मंगलवार १८:३५