‘गर्मी से बेहाल ? चलो नेपाल !’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

‘गर्मी से बेहाल ? चलो नेपाल !’



Nepal-Tourism-Boardकाठमाडाै। नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि भारतका मुख्य शहरहरुलाई लक्षित गरेर प्रचारात्मक अभियान ‘गर्मी से बेहाल ? चलो नेपाल !’ अभियान पुनः सुरुवात गरेकोछ । यही साउन १० गतेबाट सुरु भएको यो अभियानले गर्मी छल्न चाहने भारतीयका लागि नेपाल सही गन्तब्य हुने सन्देश बोकेको छ। यस अभियानमा हालसम्म भारतीय नागरिकको निकै उत्साहजनक सहभागिता देखिएको छ। पर्यटन बोर्डको आधिकारिक फेसबुक पेजमा यो पोस्ट हालसम्म करिब सत्तरी हजारले मन पराइएको र हेरिएको छ भने सयौंको हाराहारीमा शेयर पनि भइसकेको छ। बोर्डले सामाजिक सञ्जाल र वेबसाइट मार्फत नेपालको पर्यटन क्षेत्रको प्रचार–प्रसार गर्दै आइरहेको र आगामी दिनमा पर्यटकको पहुँच हुने अन्य माध्यममार्फत पनि प्रबद्र्धन कार्यक्रम अगाडि बढाउने बताएकोछ । यस्तै सन्देश सहितको अभियान अप्रिल २०१६ मा भारतका केही शहरमा सम्पन्न गरिसकिएको थियो ।

प्रकाशित : १३ श्रावण २०७३, बिहीबार १४:२७