अाज सार्बजनिक विदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अाज सार्बजनिक विदा



x2b0f0aa6a7ea45a9620de0b4ecfe6954.jpg.pagespeed.ic.EgZ8ZXOOx_काठमाडौं, १४ साउन  । सरकारले शुक्रबार काठमाडौं उपत्यकामा सार्बजनिक विदा दिएको छ । शुक्रबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा हो । गृहमन्त्रालयले बिहीबार सूचना निकालेर शुक्रबार काठमाडौंमा सार्बजनिक विदा दिइएको जानकारी दिएको छ ।

ललितपुरको जावलाखेल चोकमा रातो मच्छिन्द्रनाथको भोटो देखाएपछि मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुने गर्दछ । रातो मच्छिन्द्रनाथको जात्रा नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने जात्रा हो । भोटो देखाउने अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट अतिथिहरुको समेत सहभागीता हुने गर्दछ ।

प्रकाशित : १४ श्रावण २०७३, शुक्रबार ०३:१२