यो वर्ष मनसुनी वर्षा कम हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

यो वर्ष मनसुनी वर्षा कम हुने



काठमाडौं ।    अबको केही दिनभित्र मनसुनी गतिविधि देखिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया जुन १० अर्थात बुधबारदेखि मनसुन सुरु हुनुपर्ने भएपनि केही दिन ढिलो हुने भएको हो ।

बंगालादेशमा मनसुनको गतिविधि सुरु भएपनि अरेवियन सागरमा सक्रिय खालको न्युनचापीय क्षेत्र विकास भएकाले मनसुनीय वायुले गति लिन नसकेको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । यस्तै यसवर्ष धेरैजसो ठाउँमा मनसुनी वर्षा सरदर कम हुने प्रक्षेपण गरिएको छ ।

हरेक वर्ष मनसुन सुरु हुनु अगावै विश्व मौसम संगठनको अगुवाईमा दक्षिण एसिया क्षेत्रका मौसमविद्को साझा मञ्चले मनसुन सम्बन्धी तयार गर्ने खाकाले यस्तो देखाएको हो । नेपालको सुदूर पूर्व र सुदूर पश्चिम बाहेका ठाउँमा सरदर पानी कम पर्ने देखिएको छ ।

हरेक वर्षजसो फेरबदल भैरहने मौसमी प्रक्रिया र जलवायु परिर्वतनका कारण पानी कम पर्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । तर केही पकेट क्षेत्रमा मुसलधारे पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम धेरै छ ।

वैशाख १२ गतेको भूकम्प र त्यसपछि लागातारजसो आइरहेका पराकम्पनका कारण पहाड र डाँडाकाँडा हल्लिएर कमजोर भएका छन् । कमजोर भएकै बेला पर्ने मुसलधारे पानीले बाढी र पहिरोको जोखिम बढ्ने विज्ञहरु बताउँछन् ।

प्रकाशित : २६ जेष्ठ २०७२, मंगलवार ०४:५३