चुक्ता पूँजी बढाउन हकप्रद जारी गर्ने बैङ्कको लर्को « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चुक्ता पूँजी बढाउन हकप्रद जारी गर्ने बैङ्कको लर्को



Bankकाठमाडाै  १४ साउन । तीन विकास बैंक देवः विकास बैंक, माउण्ट मकालु डेभलपमेण्ट बैंक र त्रिवेणी विकास बैंकले ५०/५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएका छन् । देवः विकास बैंकले हकप्रदको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको छ भने माउण्ट मकालु डेभलपमेण्ट बैंकले हकप्रद सेयर निष्काशनका लागि बुक क्लोजको मिति ताकेको छ ।

त्यस्तै, त्रिवेणी विकास बैंकले पनि चुक्ता पूँजी बढाउनका लागि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यसैगरी, माउण्ट मकालु डेभलपमेण्ट बैंकले धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाए लगत्तै १ बराबर १ दशमलव ५० कित्ता हकप्रद निष्काशनका लागि सेयरधनी पुस्तिका बन्दको सुचना निकालेको छ । बैंकले १ सय ५९ प्रतिशतले हुन आउने ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद सेयर निष्काशनका लागि बैंकले यहि साउन २१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । बैंकको हकप्रद भर्न चाहने लगानीकर्ताले साउन २० गतेसम्ममा सेयर खरिद गरिसक्नु पर्नेछ । त्यस्तै, त्रिवेणी विकास बैंकले पनि चुक्ता पूँजी बढाउनका लागि ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले धितोपत्र बोर्डमा प्रति २ बराबर १ कित्ताका दरले हुन आउने ८२ लाख १ सय ५२ कित्ता सेयर निष्काशनको स्वीकृतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

प्रकाशित : १४ श्रावण २०७३, शुक्रबार ०३:१८