भूकम्प पीडितलाई दुई किस्तामा अनुदान दातृ निकायबाट अस्वीकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भूकम्प पीडितलाई दुई किस्तामा अनुदान दातृ निकायबाट अस्वीकार



money2-390x293काठमाडौं, १४ साउन  । भूकम्पबाट क्षतिग्रस्त निजी घर निर्माण गर्न पहिलो चरणमा डेढ लाख रुपैयाँ र अन्तिम चरणमा ५० हजार रुपैयाँ उपलव्ध गराउन प्रधानमन्त्री केपी ओलीले संसदमा गरेको घोषणालाई दाताहरुले अस्वीकार गरिदिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रका लाभग्राही प्रमाणित भएकालाई दुई लाख रुपैयाँ एकमुष्ट उपलव्ध गराउन सरकारलाई दबाब दिँदै एक महिनाअघि ६ दिन सांसद बैठक अवरोध गरेपछि प्रधानमन्त्री ओलीले पहिलो चरणमा डेढ लाख र अन्तिम चरणमा ५० हजार रुयैयाँ उपलव्ध गराउने घोषणा गरेका थिए ।

दाताहरुका तर्फबाट विश्व बैंकले अर्थ मन्त्रालयलाई भूकम्प प्रभावित क्षेत्रमा बलियो घर बनाउन तीन चरणमा रकम उपलव्ध गराउनुपर्ने बेहोराको पत्र पठाएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिइसकेको अवस्थामा कांग्रेस माओवादी केन्द्र गठबन्धनलाई धक्का लागेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकबाट ।

प्रकाशित : १४ श्रावण २०७३, शुक्रबार ०३:२६