यति डेभलपमेन्ट बैंकले कमायो ३६ करोड २९ लाख रुपैयाँ नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यति डेभलपमेन्ट बैंकले कमायो ३६ करोड २९ लाख रुपैयाँ नाफा



yatiकाठमाडौ १४ साउन । यति डेभलपमेन्ट बैंकले ३६ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको अघिल्लो बर्षको नाफा  १३ करोड ९२ लाख रुपैयाँ थियो ।

बैंकले खुद ब्याज आम्दानीमा गरेको बढोत्तरी र डुबेको मध्ये केही ऋण उठाएका कारण नाफा उल्लेख्य बढेको हो । बैंकले यसपाली ३७ करोड ९३ लाख रुपैयाँ गरेको छ । डुबेकोमध्ये ४२ करोड ३६ लाख रुपैयाँसमेत उठाएको छ ।

एक अर्ब ३८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकसँग सर्वसाधारणको १० अर्ब ८६ करोड रुपैयाँ निक्षेप छ । बैंकले  ८ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी २६ रुपैयाँभन्दा वढि छ । बैंकको सेयरको मूल्य आम्दानी अनुपात  १२।३ गुणा छ । प्रति सेयर नेटवर्थ १०० रुपैयाँभन्दा वढि छ ।

प्रकाशित : १४ श्रावण २०७३, शुक्रबार ०८:४४