मोबाइल किन्दा यि कुराहरुमा ध्यान दिनुहोस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मोबाइल किन्दा यि कुराहरुमा ध्यान दिनुहोस्



mobileनेपालमा विश्व बजारमा पाइनेमध्ये धेरै थरिका मोबाइल फोनहरु उपलब्ध छन् । पछिल्लो समय अझै नाम नै नसुनेका विभिन्न कम्पनीहरुको मोबाइलहरु पनि बजारमा आइरहेका छन् । यस अर्थमा सस्तो आर्कषक स्मार्ट फोनहरुले पनि नेपाली बजार राम्रै तताएको छ । कतिपय कम्पनीहरुको मोबाइलले लागत अनुसार राम्रो पर्फमेन्स गरेको पाईदैन भने कतिपय कम्पनीको फोनहरु खरिद गरेको लामो समय भसक्दापनि राम्रो काम गरिरहेको छन् । ग्राहकहरुले मोटो रकम हालेर मोबाइल खरिद गर्दा हचुवाको भरमा भन्दापनि मोबाइल बारेमा बिस्तृत रुपले अध्यायन गर्नु आवश्यक छ । व्यापारिले कहिल्यै पनि आफ्नो समानलाई नराम्रो भन्दैनन् तसर्थ उनिहरुले भनेका राम्रो नराम्रो कुराहरुलाई छुट्याउने काम ग्राहकको हो ।

यदि तपाईसँग आवश्यक पैसा छ भने तपाईले नाम सुनेकै ब्राण्डहरुको मोबाइल अलि धेरै रकम हालेर खरिद गर्दा फरक पर्दैन तर कतिपय चलेका कम्पनीहरुको मोबाइलपनि बजारमा आएर फ्लप खाएका छन् । त्यसैले हरेका मोबाइलको रिभ्यु हेर्नु जरुरी छ । रिभ्यु पनि सकेसम्म थर्ड पार्टीले गरेको हेर्नुपर्छ । कम्पनीले गरेको रिभ्युमा आफ्नै सामानको तारिफ बढी हुन्छ ।

अन्तराष्ट्रिय बजारमा उपलब्ध भइसकेका मोबाइल नेपाली बजारमा आउन केही बढी समय लाग्ने भएको कारण विदेशी प्रयोकर्ताहरुले मोबाइलको बारेमा रिभ्यु लेखेका हुन्छन् । प्रयोग अवधिमा प्रयोगकर्ताहरुको गुनासो बढी छ भने उक्त मोबाइल किन्न उपयुक्त हुदैन । यस्ता किसिमका कमेन्टहरु इन्टरजेटमा अथमा युट्युबमा सजिलै भेटिन्छन् । यदि हामीले दशौं हजारौं रुपैयाँ हालेर मोबाइल खरिद गर्दैछौं भने केही समय इन्टरनेटमा मोबाइलको बारेमा बुझ्दा राम्रो मूल्यमा राम्रो समान खरिद गर्न सकिन्छ ।

रिपेयरिङ थिङ्किङः

खरिद गरेको मोबाइलले कम्पनीले ग्यारेन्टी/वारेन्टि दिएको अवधीसम्म काम गर्छ नै भन्ने हुदैन । अझै त्यसभन्दा पछिको समयमा मोबाइलमा समस्या सृजना भयो भने के गर्ने भन्नेबारे सोच्नु आवश्यक छ । पहिले विलासीको सामानको रुपमा प्रयोग हुने मोबाइल आजको आवश्यकता हो । मानिसहरुले मोबाइल एउटै मात्र बोक्ने हुँदा बिग्रेको अवस्थामा चाँडै नबन्दा कतिपयहरुसँग सम्पर्क विच्छेद हुनुपर्छ । त्यसकारण भोली मोबाइलमा कुनै समस्या आइहाल्यो भने के गर्ने भन्ने पनि सोच्नु आवश्यक छ । युज एण्ड थ्रो मोबाइलले धेरै नोक्सानी पुर्याउनसक्छ । निकै साना समस्याले मोबाइललाई थन्क्याउनु भन्दा अलि बुझेर खरिद गर्ने कि !

नन ब्राण्डेड स्मार्ट फोन:

बजारमा आएका कतिपय नन ब्राण्डेड (नाम नै नसुनेका कम्पनीहरुको फोन) मोबाइलहरुले ग्राहकहरुलाई झुक्याइरहेको अवस्था पनि छ । फोन खरिद गरेको केही समयसम्म राम्रो काम गर्ने तर समयक्रमसँगै फोनमा समस्याहरु सृजना हुने गर्छ । उक्त नन ब्राण्डेड मोबाइललाई “युज एण्ड थ्रो मोबाइल” पनि भनिन्छ किनकी यो मोबाइलमा सानो–सानो समस्या आयो भनेपनि त्यसको समाधान गर्ने सर्भिस सेन्टर छैन र रिपेयरिङ सामानहरुको अभाव पनि छ । त्यसले गर्दा चलुन्जेलसम्म मोबाइल चलायो तर काम गर्न छोडेपछि उक्त मोबाइल फाल्नुको विकल्प हुदैन ।

प्राय जसो नन ब्राण्डेड मोबाइलको इन्टरनल स्टोरेज कम हुन्छ । तुलनात्मक रुपले रु्याम तथा प्रोसेसर अलि बढी भएतापनि यस्तो फोनमा स्टोरेज कम राख्नुको कारण प्रयोगकर्ताले धेरै मोबाइल एपहरु डाउनलोड गर्छ अनि मोबाइलमा बढी समस्या आइपर्छ भनेर हो । स्टोरेज थोरै हुनेवित्तिकै सिमित एपहरुमात्रै स्टारेज गर्न सकिन्छ ।विभिन्न अनलाइन तथा एजेन्सीको सहयोगमा

प्रकाशित : १४ श्रावण २०७३, शुक्रबार १५:५९