विराट लक्ष्मी विकास बैंकको नाफा सामान्य सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विराट लक्ष्मी विकास बैंकको नाफा सामान्य सुधार



birat_laxmi_7_29_2016_1_22_01काठमाडौैं।  विराट लक्ष्मी विकास बैंकले नाफा सामान्यस्तरमा मात्र सुधार गर्न सकेको छ ।   आर्थिक वर्ष २०७२–७३ मा बैंकको खुद नाफा १० करोड ११ लाख ७५ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको नाफा नौ करोड ४७ लाख १८ हजार रूपैयाँ थियो ।

चुक्ता पुँजी ४२ करोड ५३ लाख ५८ हजार रूपैयाँ रहेको बैंकको रिजर्भ कोषमा १७ करोड ९८ लाख ३० हजार रूपैयाँ जम्मा भएको छ ।

विराट लक्ष्मीले पाँच अर्ब सात करोड ८५ लाख ६७ हजार रूपैयाँ निक्षेप संकलन गरी तीन अर्ब तीन करोड ७७ लाख १२ हजार रूपैयाँ कर्जा लगानी गरेको छ ।

निष्कृय कर्जा ०.४२ प्रतिशत रहेको यो बैंकको प्रतिसेयर आम्दानी २३ रूपैयाँ ७८ पैसा पुगेको छ ।  असार मसान्तसम्म कायम सेयरको औसत भाउका आधारमा मूल्य आम्दानी अनुपात १६.८२ गुणा छ भने प्रतिसेयर नेटवर्थ एक सय ४२ रूपैयाँ १४ पैसा पुगेको छ ।

प्रकाशित : १४ श्रावण २०७३, शुक्रबार १६:१७