क्लिन्टनको वेभसाइट ह्याक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

क्लिन्टनको वेभसाइट ह्याक



काठमाडौं, १५ साउन  । अमेरिकामा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिन्टनको चुनाव अभियानसँग सम्बन्धित वेभसाइट र जानकारीहरु ह्याक गरिएको छ ।

यो डेमोक्रेटिक पार्टीविरुद्धको ठूलो साइबर आक्रमण भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । ह्याक गरिएकोमा डेमोक्रेटिक नेशनल कमिटी तथा डेमोक्रेटिक कांग्रेस्नल क्याम्पेन कमिटीसँग सम्बन्धित जानकारी छन् ।

साइबर आक्रमणको पछाडि रुसी सरकारका लागि काम गर्ने एजेन्टको हात रहेको छ दावी अमेरिकी अधिकारीहरुले गरेका छन् ।

रुसले अमेरिकामा हुने राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजिरहेको आशंका सञ्चारमाध्यमहरुले गरेका छन् ।

यसअघि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नाविरुद्ध रुसको प्रयोग गरिरहेको आरोप स्वयं क्लिन्टनले लगाएकी थिइन् ।

यद्यपि, रुस सरकारले भने साइबर आक्रमणमा आफ्नो कुनै हात नरहेको जनाएको छ । अमेरिकाको यस्तो आरोपलाई उसले ‘द्वेष भरिएको रुस विरोधी’ भनाइ भन्दै निन्दा गरेको छ ।

ह्याकिङबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको संघीय जाँच ब्यूरो एफबीआईले जनाएको छ । (एजेन्सी)

प्रकाशित : १५ श्रावण २०७३, शनिबार ०४:४५