२४ घण्टामा १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

२४ घण्टामा १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडाै । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९१६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ५४९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ६१ जना र २ हजार ३६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा थप २१ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार १७:११