सिद्धार्थ म्युचुअल फण्डको खुद सम्पतिको मुल्य ३२ दशमलव ७५ प्रति इकाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिद्धार्थ म्युचुअल फण्डको खुद सम्पतिको मुल्य ३२ दशमलव ७५ प्रति इकाई



mutualकाठमाडौं, १५ ।साउन  सिद्धार्थ म्युचुअल फण्डको खुद सम्पतिको मुल्य गत महिनाको अवधि भन्दा १ दशमलव ९४ प्रति इकाई बढेर ३२ दशमलव ७५ प्रति इकाई रहेको छ । अघिल्लो महिनामा ३० दशमलव ८१ प्रति इकाई रहेको थियो ।

सिद्धार्थ म्युचुअल फण्डले १ अर्ब ३६ करोड २३ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा १ अर्ब १५ करोड ५७ लाख रुपैयाँ शेयर लगानी गरेको थियो ।

सिद्धार्थ म्युचुअल फण्डको आम्दानी १८ दशमलव ३६ प्रतिशतले बढेर ८५ करोड ६७ लाख रुपैयाँ कमाएको छ । अघिल्लो महिनामा ७५ करोड ६७ लाख रुपैयाँ कमाएकोे थियो । खर्चमा भने ११ दशमलव ५२ प्रतिशतले बढेर २ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो महिनामा २ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।

सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा हाइड्रोपावरमा सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास बैंकको ६६ हजार ६ सय ६७ कित्ता, वाणिज्य बैंकमा सबैभन्दा बढी मेगा बैंकको ६० हजार २ सय ९८ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी कैलाश विकास बैंकको ३८ हजार ४ सय १० कित्ता, इन्स्योरेन्समा सबैभन्दा बढी प्रभु इन्स्योरेन्स कम्पनीको ३२ हजार ५ सय ४२ कित्ता, र फाइनान्समा भक्तपुर फाइनान्स कम्पनीको ४ हजार १ सय ६७ कित्ता रहेका छन् ।

प्रकाशित : १५ श्रावण २०७३, शनिबार ०६:२२