सरकारले कृषि बाली तथा पशु बीमाको प्रिमियममा सरकारले ८० प्रतिशत अनुदान दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सरकारले कृषि बाली तथा पशु बीमाको प्रिमियममा सरकारले ८० प्रतिशत अनुदान दिने



काठमाडाै । सरकारले कृषि बाली तथा पशु बीमाको प्रिमियममा सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । विगतका वर्षमा सरकारले कृषि बाली तथा पशु बीमामा ७५ प्रतिशत अनुदान दिदै आएकोमा गत जेठ १५ गतेको बजेट वक्तव्य मार्फत अर्थ मन्त्री पौडेलले ५० प्रतिशतमा झारेका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक मार्फत निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको भन्दा बढाएका हुन् ।

शर्माले कृषि तथा पशुजन्य ब्यवसायमा रहेको जोखिम न्यूनिकरण गरी यस क्षेत्रमा किसानहरुको आकर्षण बृद्धि गर्न कृषि बाली तथा पशु बीमाको दायारा विस्तार गरी दिइदै आएको बीमा प्रिमियम अनुदानमा साविकको ५० प्रतिशतबाट बृद्धि गरी ८० प्रतिशत पुर्याएका हुन् ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार १८:४१