सिभिल बैंक र आइएलएफसी फाइनान्स मर्ज हुने पक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल बैंक र आइएलएफसी फाइनान्स मर्ज हुने पक्का



mergerकाठमाडौं, १५ साउन । सिभिल बैंक  र इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स)वीच मर्ज हुने भएको छ । मर्जमा जाने सम्बन्धमा दुवै संस्थाबीच साउन १४ गते शुक्रबार सम्झौता भएको छ । सम्झौतामा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ र आइएलएफसी फाइनान्सका अध्यक्ष अञ्जय बहादुर शाहले हस्ताक्षर गरे ।

बैंक स्रोतका अनुसार आइएलएफसीका लगानीकर्ताले नयाँ मर्ज हुने बैंकमा सय कित्ता बराबर ८३ कित्ता सेयर पाउने गरी सेयर स्वाप रेसियो तय भएको बताइएको छ । गत माघ ११ मा मर्जमा जाने विषयमा शैद्धान्तिक सहमति जनाएका यी दुईसंस्था बीचमा केही कुरामा समस्या भएकोले मर्ज प्रक्रिया अघि बढ्न सकेको थिएन ।

मर्जपछि सिभिल बैंकको नाम सिभिल बैंक नै राखिनेछ । राष्ट्र बैंकले स्वीकृत दिएमा आगामी कार्तिक १ बाट नै एकीकृत कारोबार थाल्ने बैंकले जनाएको छ ।

मर्जपछि सिभिल बैंकको चुक्तापूँजी ५ अर्व ९ करोड रुपैयाँ पुग्नेछ

प्रकाशित : १५ श्रावण २०७३, शनिबार ०८:२१