गण्डकी विकास बैंकको नाफा २० प्रतिशत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गण्डकी विकास बैंकको नाफा २० प्रतिशत



काठमाडौ १४ साउन। गण्डकी विकास बैंकले आर्थिक वर्ष २०७२÷७३ मा अघिल्लो आबको तुलनामा खूद नाफामा २०.५६ प्रतिशतको प्रगति हासिल गरेको छ ।

शुक्रबार बैंकले प्रकाशित गरेको बित्तीय विवरणका अनुसार आर्थिक वर्ष २०७१/७२ मा १० करोड ८८ लाख रुपैयाँ रहेको खूद नाफा त्यसपछिको आबमा बढेर १३ करोड १२ लाख पुगेको हो ।

यो बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रै प्रगति गरेको छ । २२ करोड ४८ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर २६ करोड २१ लाख पुगेको हो ।

यो बैंकको चुक्तापूँजी ५३ करोड ८५ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चित कोषमा २१ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
यो बैंकले आब २०७२/७३ मा ५ अर्ब ५३ करोड निक्षेप संकलन गरी ४ अर्ब ६१ करोड ऋण प्रवाह गरेको छ । यसअघिको आबमा  यो बैंकले ४ अर्ब ५१ करोड निक्षेप संकलन गरी कुल ३ अर्ब ८४ करोड कर्जा प्रवाह गरेको थियो ।

बैंकको निस्क्रिय कर्जा प्रतिशत भने बढेको छ । अघिल्लो आबमा ०.१३ प्रतिशत रहेको एनपीएल दर यो वर्ष बढेर ०.१९ प्रतिशतमा पुगेको हो । बैंकको प्रति सेयर आम्दानी २४.३७ र  प्रति सेयर नेटवर्थ १४०.२४ रुपैयाँ रहेको छ ।

प्रकाशित : १५ श्रावण २०७३, शनिबार १३:०७