कतार एयरवेजले साउदीका लागि थप आठ उडान भर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कतार एयरवेजले साउदीका लागि थप आठ उडान भर्ने



काठमाडौं । एयरलाइन्सको दुनिंयामा सर्वोत्कृष्ठ सेवा प्रदान गर्न सफल भइसकेको कतार एयरवेजले साउदीका लागि थप आठ उडान भर्ने जनाएको छ ।

एयरवेजले जनाएअनुसार आगामी सेप्टेम्बर २ देखि असिरको राजधानी अब्हा देखि हवाईउडान सुरु गर्ने बताएको छ । अब्हा देखि ननस्टप दिइने यो हवाईले हप्तामा ४ ओटा उडान भर्ने qatarछ । असिरको राजधानी शहर अब्हा जुन पर्यटकीय हिसाबले पनि महत्वपूर्ण स्थान मानिन्छ , हावापानी र प्राकृतिक रुपले पनि उत्कुष्ठ स्थान भएकोले थप उडानले यसको प्रवद्र्धनमा सहयोग पुग्ने जनाइएको छ ।

करिब २ घन्टा अवधिको यो रुटमा ए ३२० एयरबस सञ्चालन हुने जनाइएको छ । १४४ ओटा सिट रहेको यो एयरबसको सिटलाई बिजनेस र इकोनोमि गरी दुईवटा क्लास विभाजन गरिएको र जसमध्ये बिजनेसमा १२ र इकोनोमिमा १३२ सिटको व्यवस्था गरिएको जनाइएको छ ।

नयाँ विस्तार गरिएको सेवाबारे जानकारी दिंदै कतार ग्रुपका प्रमुख अकबर अल बाकरले अब्हाको विकासका साथै विश्वका चर्चित र महत्वपूर्ण शहर लण्डन, पेरिस, बैंकक, सिंगापुर, न्युवोर्क, बैंकक लगायतका शहरमा सजिलै जान सकिने बताए ।
यसभन्दा अगाडि विश्वका विभिन्

न सात शहरबाट साउदीका लागि उडान भरेको कतार एयरवेजले हप्तामा ८२ उडान भर्दै आएको थियो । एयरवेजले साउदीका अतिरिक्त गसिमको सेवा पनि थप गर्दे यसभन्दा अघि हप्तामा ८ उडान भरेकोमा जुलाई १७ देखि १० उडान भर्ने समेत जनाएको छ ।

प्रकाशित : २६ जेष्ठ २०७२, मंगलवार ०९:१४