संसारकै सात खतरानक लेडि डन,जसले अपराधबाटै कमाए अर्बौं सम्पति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

संसारकै सात खतरानक लेडि डन,जसले अपराधबाटै कमाए अर्बौं सम्पति



एजेन्सी । ग्याङस्टार, डनजस्ता शब्द प्राय पुरुषहरुका लागि प्रयोग हुन्छ । तर अपराधको दुनियामा यस्ता खुङकार लेडि डन हरु पनि छन्, जसको नाम सुन्दा समाज त्रसित हुने गरेको छ । यी लेडी डनहरु अपराधिक सञ्जालबाट अर्बौं रुपैयाँसमेत कमाएका छन् । न्युजवानडटकम, रिचेस्टडटकम र इनसाइड एडिसन डटकमले अर्बपति लेडि डनहरुका बारेमा भर्खरै रिपोर्टहरु प्रकाशित गरेका छन् ।

सेन्ड्रा अबिला बेलट्रेन, म्याक्सिको

sendra

सेन्ड्रासँग कुल १०० करोड अमेरिकी डलर बराबरको सम्पति छ । उनी मेक्सिकोमा चर्चित लागूऔषत कारोबारीकी रुपमा चिनिन्छिन् । यसवाहेक उनीमाथि गैरकानुनी हतियार ओसारपसार गर्ने आरोप पनि लागेको छ । उनले दुई पटक विहे गरिसकेकी छन् र दुबै पटक उनको पतिको हत्या भएको छ । उनको आफ्नो छोरोको अपहरण पनि भएको थियो । त्यसबाट छुटाउन उनले ५० लाख डलर अपहरणकारीलाई वुझाउनु परेको थियो । अहिले सेन्ड्रा विभिन्न आरोपहरुमा जेलमा छिन् ।

क्लाउडिया ओछाओ फेलिक्स, म्यक्सिको

claudiya
क्लाउडियालाई संगठित अपराधको किम कार्दसियनका रुपमा पनि चिनिन्छ । आकर्षक शरिर भएका कारण उनलाई टिभी एङकर क्यादर्सनसँग तुलना गरिएको हो । उनी अपराधिक सन्सारमा जस्तै ग्ल्यामरस छविका कारण पनि उत्तिकै चर्चित छिन् । उनलाई लस एम्ट्रेस ग्रुपको लिडर भनिन्छ, जुन मेक्सिकोको सबैभन्दा खतरानक क्राइम ग्रुप हो । पैसा लिएर अपहरण र हत्याका साथै यो ग्रुपले हातहतियारको पनि कारोबार गर्छ । उनी तीन सन्तानकी आमा हुन् भने उनीसँग पनि एक अर्ब डलर बराबरको सम्पति छ ।

लिसेट ली, दक्षिण कोरिया
liset-li
लिसेट दक्षिण कोरियाकी लागूऔषध कारोबारी हुन् । उनीसँग ५० लाख डलर बराबरको सम्पति रहेको छ । लामो समयसम्म अमेरिकाको क्यालिफोर्नियामा सक्रिय रहेकी उनको सम्बन्ध सन्सारका चर्चित अपराधिहरुसँग छ । उनलाई सन् २०१० मा लागूऔषधको कारोबार गरिरहेका बेला साढे तीन करोड डलर बराबरको सामग्रीसहित पक्राउ गरिएको थियो । उनी ६ बर्षका लागि जेल चलाउन भएकी थिइन् ।

ग्रिसेल्डा ब्लेको, कोलम्बिया

griselta-blekp-n

सबैभन्दा वढि सम्पति हुने ग्याङस्टारको सुचीमा उनी एक नम्बरमा आउँछिन् । ग्रिसेल्डलाई कोकिन क्विनका रुपमा पनि चिनिन्छ । उनीसँग १३०० करोड डलर बराबरको सम्पति थियो । उनको अपराधको केन्द्र भने साउथ अमेरिका हो । तर उनले विश्वका कैयौ देशमा आफ्नो धन्दा फैलाएकी थिइन् । उनको २०१२ मा ६८ बर्षको उमेरमा मृत्यु भइसकेको छ ।

अना ग्रिस्टना, अमेरिका

aana-cristina

अना २०१२ मा चर्चित भइन्, जब उनलाई हाइक्लास सेक्स र्‍याकेट सञ्चालन गरेको आरोपमा पक्राउ गरियो । उनीसँग १०० करोड डलर बराबरको सम्पति छ । उनले आफ्नो र्‍याकेटमा प्लेबोइ र पेन्टाहाउसका मोडेलहरुलाई पनि प्रयोग गरेकी थिइन् ।

थेल्मा राइट, अमेरिका

thoma-rite

थेल्मा लागूऔषधका सबैभन्दा ठूला कारोबारी ज्याकरकी श्रीमती हुन् । उनको मासिक कमाइ साढे दुई करोड डलर हुने गरेको बताइन्छ । सन् १९८६ मा ज्याकरको मृत्यु भएपछि सबै धन्दा थेल्माले हेर्न थालेकी हुन् ।

लियोना मिन्डी रोवट हेमस्ले, अमेरिका
misi-lio
उनीसँग ८०० करोड डलर बराबरको सम्पति छ । उनी चर्चित व्यवसायी थिइन् तर उनलाई कर छलीको आरोप लाग्यो । उनको रियलस्टेट व्यवसाय थियो । उनले अमेरिकामा २३ वटा होटलको चेनसमेत बनाएका थिए । उनी आपराधिक कृयाकलापमा पनि संलग्न भएको पाइएपछि १६ बर्ष जेल बसिन् । २००७ मा हृदयघातका कारण उनको मृत्यु भइसकेको छ ।लाइट नेपालबाट

प्रकाशित : १६ श्रावण २०७३, आईतवार ०२:५६