विकास हाइड्रोपावरले १४ करोड बराबरको आइपिओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

विकास हाइड्रोपावरले १४ करोड बराबरको आइपिओ निष्काशन गर्ने



काठमाडाैं । विकास हाइड्रोपावरले सर्वसाधारणलाई करिब १४ करोड बराबरको आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १३ लाख ८८ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको हो ।

जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । भाद्र ३१ गते बिहीबारस शेयर निष्काशन सम्बन्धी सम्झौता भएको हो ।

कम्पनीले गोरखा जिल्लाको दार्चे गाउँपालिकामा अवस्थित माछा खोलामा अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना निर्माण गरीरहेको छ । ४.५५ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले हालसम्म ५० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

कम्पनीले अधिकृत तथा जारी पूँजी ४६ करोड २८ लाख ५० हजार को ३० प्रतिशतले हुन आउने १३ करोड ८८ लाख ५० हजार रकम बराबरको १३ लाख ८८ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

सम्झौतामा विकास हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन ।

प्रकाशित : ३१ भाद्र २०७८, बिहीबार २१:२४