अायो नेशनल माईक्रोफाइनान्सको ३ लाख कित्ता आईपिओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अायो नेशनल माईक्रोफाइनान्सको ३ लाख कित्ता आईपिओ



nationalmicrofinanceकाठमाडौं, १६  साउन। नेशनल माईक्रोफाईनान्सको तीन लाख कित्ता साधारण शेयर सर्बसाधारण लगानीकर्तामा बिक्रीका लागि आजदेखि आबेदन खुला गरेको छ । आईपिओ साउन १६ गतेदेखि शेयर बिक्री थालिएको र साउन १९ गते आबेदन बन्द हुने कम्पनीले जनाएको छ ।

सर्बसाधारणले प्रति कित्ताको १०० रुपैंयाको दरमा न्यूनतम ५० कित्ता देखि १० हजार कित्तासम्म  आवेदन दिन सकिने छ ।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल रहेको छ ।

धादिडमा कार्यालय रहेको राष्ट्रियस्तरको नेशनल माईक्रोफाईनान्सले आफ्नो १० करोड चुक्ता पूँजी मध्ये ३० प्रतिशत अर्थात ३ लाख कित्ता सर्बसाधारणमा जारी गर्न लागेको हो ।

नेसनल माइक्रोफाइनान्सले आइपीओ निष्कासन खुला गर्ने ,कहाँ पाइन्छ आवेदन फारम ?

प्रकाशित : १६ श्रावण २०७३, आईतवार ०६:२३