बजेट प्रतिस्थापन विधेयक चारजनालाई पोस्ने,दर्जनौंलाई पेल्ने नीतिमा आयोः ओली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेट प्रतिस्थापन विधेयक चारजनालाई पोस्ने,दर्जनौंलाई पेल्ने नीतिमा आयोः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बजेट प्रतिस्थापन विधेयक चारजना व्यापारीलाई पोस्ने र दर्जनौँलाई पेल्नेगरी आएको आरोप लगाएका छन् । सातौं संविधान दिवसको अवसरमा आइतबार एमालेले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएक हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विधेयक सेटिङमा आएको टिप्पणी गरे । सानो व्यापारीलाई चेप्ने र क्यासिनो व्यापारीलाई छुट दिने भन्दै उनले आक्रोश पोखेका हुन ।

उनले भने, ‘सरकार के मा लागेको छ ? उद्यमीहरु सेटिङ भयो भनेर कराइरहेका छन् । पीडा पोखिरहेका छन्। चारजनालाई पोस्ने, दर्जनौंलाई पेल्ने ? प्रतिस्थापन विधेयक त्यसैले आएको रहेछ ।’ ७० दिनमा मन्त्रिमण्डल विस्तार गर्न नसकेको, बजेट ल्याउन नसकेर देश बजेटविहीन भएको, आफ्ना कार्यकर्ता भर्ती गर्न सुकुम्बासी आयोग खारेज गरेको, मेलम्चीको पानी ल्याउन ध्यान नदिएको भन्दै ओलीले सरकारको आलोचना गरे ।

यस्तै ओलीले सरकारले अलंकार पदक आफ्नो मान्छे छानेर दिएको टिप्पणी गरेका छन् ।ओलीले संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्नेमा त्यसो नभएको बताए । ‘आज बाबुको मुख हेर्ने दिन हो ? श्रीमीतीको मुख हेर्ने दिन हो ? छोराछोरीको मुख हेर्ने दिन हो ?,’ ओलीले प्रश्न गरेका छन् ।

बाहिर म पदको भोको होइन, जनताका लागि हुँ भन्नेहरुले मौका पाउँदा आफ्नालाई मात्र हेरेको उनले बताए । भने- ‘अलंकार, पदक, विभूषणहरुको नाकमा कालो पोतेको । ती विभुषणहरुले लज्जा मानेको हेर्नुस् त । जलाइराखेका छन् आज मानपदवीहरु । क्या घाँटीमा पुगिने भयो बा ! बोल्न सक्ने भए उफ्रिन्थे ती । तर बोल्न सक्दैनन् ।’

आफ्नो सरकारविरुद्ध खोइरो खन्ने पत्रकारहरुलाई ठूल्ठूला पदक दिएको उनले बताए ।

प्रकाशित : ३ आश्विन २०७८, आईतवार १५:१८