एमालेको नाराबाजीका बीच विनियोजन विधेयक बहुमतले पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एमालेको नाराबाजीका बीच विनियोजन विधेयक बहुमतले पारित

सरकारलाई खर्च गर्ने बाटो खुल्यो



काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित भएको छ ।

विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौती सम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेश गरे ।

सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गरे । एमालेको नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो ।

विनियोजन विधेयकमाथि नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले मात्रै विपक्षीको तर्फबाट छलफलमा भाग लिएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले भने विनियोजन विधेयकमाथि छलफलमा भाग लिएन ।

प्रकाशित : ४ आश्विन २०७८, सोमबार १२:०८