यस्तो छ मेगा बैंकको नगद फिर्ता योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस्तो छ मेगा बैंकको नगद फिर्ता योजना



mega-bankकाठमाडौं १६ साउन । तीजको अवसर पारेर मेगा बैंक नेपालले महिलाहरुका लागि ‘मेगा नारी सिर्जनशील बचत खाता’ विशेष योजना ल्याएको छ ।

तीजको सौगातस्वरुप ‘मेगा नारी सिर्जनशील बचत खाता’मा नगद फिर्ता योजना ल्याइएको बैंकद्वारा विज्ञप्तीमा उल्लेख छ । उक्त खातामा महिलाहरुले न्यूनतम ५ सय मौज्दात रहने गरी ‘मेगा नारी सिर्जनशील बचत खाता’ खोल्न सक्नेछन् ।

उक्त खाता खोली मेगा भिसा डेबिट कार्डबाट गर्ने सम्पूर्ण खरिदमा २ प्रतिशत र मेगा भिसा डोमेस्टिक क्रेडिट कार्डबाट गरिने सम्पूर्ण खरिदमा ५ प्रतिशत नगद फिर्ता योजना ल्याइएको मेगा बैंकले जनाएको छ ।

यसैगरी, यो खातामा बार्षिक साँढे ३ प्रतिशत बार्षिक ब्याज पाइनेछ । खाता खोलेबापत भिसा कार्ड, एकाउन्ट विवरण सुविधा, मोबाइल बैंकिङ सेवा पाइनेछ । यस्तै, चेकबुक, अनलाइन बैंकिङ भने निःशुल्क दिइने छ । सेफ डिपोजिट लकर र डिमाण्ड ड्राफ्टमा २५ प्रतिशत छुटको व्यवस्था छ । यो योजना सीमित अवधिसम्म मात्र संचालन हुने बैंकले जनाएको छ ।

प्रकाशित : १६ श्रावण २०७३, आईतवार १४:५६