एनसेलको मासिक भ्वाइस प्याक सेवा, २०० रुपैयाँमा ४०० मिनेट टक टाइम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनसेलको मासिक भ्वाइस प्याक सेवा, २०० रुपैयाँमा ४०० मिनेट टक टाइम



काठमाडौं १७ साउन । एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि ‘मासिक भ्वाईस प्याक’ ल्याएको छ। यो योजनाअन्र्तगत ग्राहकले करसहित दुई सय रुपैयाँमा ४०० मिनेट टक टाइम खरिद गर्न सक्छन्। यो प्याक अन्र्तगत ग्राहकले करसहित ५० पैसा प्रति मिनेटको दरमा कुनै पनि अर्को एनसेल नम्बरमा कल गर्न सक्ने कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ।
ncell
मासिक भ्वाईस प्याक सोमबारदेखि स्थायी सेवाको रुपमा लागु हुने कम्पनीले जानकारी दिएको छ । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने  प्रतिवद्घताअनुरुप भ्वाइस प्याक ल्याइएको एनसेलका कर्पोरेट संवाद विज्ञ  मिलन शर्माले बताए।
यो प्याक सुचारु भएको दिनबाट ३० दिनका लागि मान्य हुनेछ। प्याकमा उल्लेख गरिएको समया वधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागू हुने पनि कम्पनीले जानकारी दिएको छ । एनसेल नेटवर्क भित्र कल गर्दा करसहित साढे दुई रुपैयाँ प्रतिमिनेट शुल्क लाग्छ ।

प्रकाशित : १७ श्रावण २०७३, सोमबार ०३:२०