मापसे रोक्ने ट्राफिकलाई १५ प्रतिशत प्रोत्साहन भत्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मापसे रोक्ने ट्राफिकलाई १५ प्रतिशत प्रोत्साहन भत्ता



Mapaseकाठमाडौं, १७ साउन  । सरकारले ट्राफिक नियम उल्लंघनकर्ता उठेको रकममध्ये १५ प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ । यो निर्णयसँगै ट्राफिक प्रहरीले करिब ९ करोड रुपैयाँ पाउने भएका छन् । असार २६ को मन्त्रिपरिषद बैठकले १५ प्रतिशत भत्ता ट्राफिक प्रहरीलाई दिन स्वीकृति जनाएको हो ।

आर्थिक वर्ष २०७१/७२ मा जरिवानावापत उठेको करिब ६० करोड रुपैयाँबाट ट्राफिक प्रहरीले उक्त रकम पाउने भएका हुन् । महानगरीय प्रहरी ट्राफिक महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध कारबाही तीब्र बनाएपछि ट्राफिकलाई प्रोत्साहित गर्ने भन्दै सरकारले उठेको जरिवानाको १५ प्रतिशत उसैलाई दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदले त्यो रकम दिन सहमति दिएको हो । मापसे गरेर सवारी चलाएबापत २ सय जरिवाना बढाएर एक हजार गरिएको थियो । उक्त अभियानसँगै ट्राफिक प्रहरीको खटाई बढेको भन्दै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले त्यसखाले निर्णय गरेको थियो । आजको कान्तिपुर दैनिकबाट ।

प्रकाशित : १७ श्रावण २०७३, सोमबार ०३:२८