जनाथ गाउँपालिकाले एक वर्षमा सम्पन्न गर्‍यो १२५ योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

जनाथ गाउँपालिकाले एक वर्षमा सम्पन्न गर्‍यो १२५ योजना



नेपालगंज । बाँकेको बैजनाथ गाउँपालिकाले कोरोना कहरका बीचमा पनि विकास निर्माणको गतिलाई तीब्र पार्दै चार हजार मिटरभन्दा बढी सडक कालोपत्रे गर्नुकोा साथै १२ हजार मिटर सडक स्तरोन्ति र ग्राभेल गरेको जनाएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा हासिल गरेको प्रगतिका बारेमा पालिकाका लेखा अधिकृत पूर्णप्रसाद जैशीले दिएको जानकारीअनुसार गाउँपालिकामा पूर्वाधारतर्फका १२५ वटा योजनामध्ये सबैभन्दा बढी ९७ वटा योजनाहरू उपभोक्ता समूहमार्फत र २८ वटा योजनाहरू ठेक्कामार्फत सम्पन्न गरेको जनाएको हो ।

गाउँपालिकाले जिल्ला सभामा पेस गरेको तथ्यांकअनुसार उपभोक्तामार्फत ३९ वटा र योजनामार्फत १२ हजार ४१७ मिटर सडक ग्राभेल गरेको छ भने २०० मिटर सडक पीसीसी निर्माण गरेको जनाएको छ । सोही योजनाअन्तर्गत ठेक्काबाट सम्पन्न भएका २२ वटा योजनाबाट चार हजार १०० मिटर सडक कालोपत्रे गर्नुका साथै ११ हजार ८७१ मिटर सडक स्तरोन्नति गरेको छ । 

यसैगरी उपभोक्ता समितिमार्फत भवन पूर्वाधारमा १३ वटा भवन निर्माण तथा मर्मत सम्पन्न गर्नुका साथै ठेक्काबाट दुईवटा भवन निर्माण गरेको, एक हजार २४६ मिटर पक्की नाली निर्माण गरेको छ । यसरी नै खानेपानी तथा सरसफाईतर्फ सातवटा योजनामा तीन हजार ७६८ मिटर पाइप बिच्छ्याउँदै ३० वटा धारा वितरण गरेको छ ।

पालिकाले कृषि सिँचाइका नौवटा योजनामार्फत २०५ मिटर पक्की सिँचाइ कुलो निर्माण गरी किसानलाई २० वटा समरसिएबल पम्प वितरण गरेको छ भने पुल, कल्भर्ट र झुलुङ्गे पुलका १२ वटा योजनामध्ये नौवटा उपभोक्ता समितिबाट र तीनवटा ठेक्काबाट सम्पन्न गरेको जनाएको छ ।

घेराबार पर्खालका १२ वटा योजनामध्ये ११ वटा उपभोक्ता समितिमार्फत सम्पन्न गरेको छ भने एक हजार ३७५ मिटर तारजाली र ९२३ मिटर पर्खाल तथा एउटा घेराबार पर्खालको काम ठेक्काबाट सम्पन्न गरेको बताएको छ ।

प्रकाशित : ५ आश्विन २०७८, मंगलवार २२:०१