यस्तो छ देशभरको माैसम पूर्वानुमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

यस्तो छ देशभरको माैसम पूर्वानुमान



काठमाडौं । देशका तीन प्रदेशमा हाल वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभावले नेपालका विभिन्न प्रदेशमा वर्षा भइरहेको छ । साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेको छ ।

महाशाखाको मौसम बुलेटिनका अनुसार हाल बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम बर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तथा अन्य प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना छ ।

त्यसैगरी राति पनि देशैभरका विभिन्न स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रकाशित : ६ आश्विन २०७८, बुधबार ०८:००